नेपाल विधुत प्राधिकरणका निर्देशक कुलमान सिंह घिसिङ्गले आगमी नयाँ वर्ष देखि देशमा लोड्सेडेङ पुर्ण रुपमा मुक्त हुने कुरा बताउनु भएको छ ।

केही समय पहिले देखि नेपाली जनता माझ सामाजिक सञ्जालहरुमा लोकप्रीय बन्दै आएका घिसिङ्गले आज आफ्नो फेसबूक पेजमा स्टाटस लेख्दै सो कुरा बताउनु भएको हो ।

घिसिङ्गले आउँदो नयाँ वर्ष देखि लोड्सेडेङ्ग मुक्त देश बनाउन अहिले परिक्षण कार्य भैरहेको खुलासा गर्नु भएको छ । कुनै प्राबिधिक कारण बाहेक कुन कुन क्षेत्रमा कति समय नियमित रुपमा बत्ती जान्छ,जानकारी गराई दिन घिसिङ्गले  सबैलाई आव्हान  गर्नुको साथै पिक हावर (Peak Hour) समयमा बढि बिधुत खपत हुने उपकरण नचलाइ दिनुहुन अनुरोध समेत गर्नु भएको छ ।

घिसिङ्गले विधुत अहिले भारतबाट केही मात्रामा निर्यात गरिएको जानकारी गराउँदै निर्माण सम्पन्न भैसकेका जल बिधुत परियोजनाको मेन गृडमा जोड्ने काम पनि छिट्टै सम्भव हुने कुरा बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय