काठमाडौँ। अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ?

 

संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोजेका थिए।

 

 

अध्ययनमा २५ देखि ६३ वर्ष उमेरका विभिन्न व्यवसायमा संलग्न अभिभावकलाई समेटिएको थियो। अध्ययनको निष्कर्षले अभिभावकहरू डिजिटल माध्यममा व्यस्त रहँदा बालबालिकालाई नकारात्मक असर पर्छ भन्ने देखाएको छ।

 

अभिभावकले काममा व्यस्त रहेर बालबालिकालाई समय नदिनु नै सबैभन्दा ठूलो नकारात्मक पक्ष हो। मनोचिकित्सक रिचा अमात्य भन्छिन्, “हामी काममा यति धेरै व्यस्त हुन्छौँ कि कार्यलयको काम पनि घरमा गर्छौ जसले गर्दा बाल मस्तिष्कमा आमाबुबाले माया नगर्ने जस्ता सोचाइ आउँछ।

 

 

उनले अभिभावकले बालबालिका सँग समय नबिताउँदा उनीहरु अन्तै माया पाउने आशामा भाैंतारिन सक्ने जानकारी दिए। डा. अमात्यले अहिले काम नगरी खाने अवस्था छैन् कामबाट आइसकेपछि एक घण्टा भए पनि छोराछोरी सँग खेल्नु र रमाइलो गर्नुपर्छ । बुवाआमाले बालबालिकालाई समय नदिँदा अभिभावले कोहीसँग राम्रोसँग बोल्दा पनि रिस गर्ने, आमाबुबा देख्नेबित्तिकै रुने, विद्यालय जाँदा पनि एकोहोरो बस्ने, कोहीसँग मिल्न नखोज्ने, झगडालु स्वभावको हुने, कोही सानो बच्चालाई माया गरी बोलेमा टोलाएर हेर्ने जस्ता व्यवहार हुनसक्ने उनको भनाइ छ।

 

यता बाल विशेषज्ञ रमेश मल्लले धेरै बच्चाहरूले आमाबुबाले माया नगर्ने गुनासो लिएर आउने गरेको बताउँछन्। मायाको आशमा धेरै बिरामी हुने पनि उनको अनुभव छ। डा.मल्लले भने, “बाल मस्तिष्कमा बिरामी भएपछि आफ्नो आमाबुबाले माया गर्ने सोचाइ हुन्छ त्यसैले जहिले पनि बिरामी हुन मन गर्ने बच्चाहरु पनि हुन्छन्।”

 

 

बालबालिकालाई ‘साइकोलोजिकल’ असर परेको हुन्छ कि बिरामी भएपछि माया पाइन्छ त्यसैले उनीहरू आफूलाई बिरामी महसुस नै गरिरहेका हुन्छन् उनले थपे, बालबालिकाले अफिस जाँदा खुसी भएर विदाइ पनि गर्छ तर आएपछि भने समय दिनुपर्छ। बालबालिकाको मानसिक स्वास्थ्यमा परिवारले पार्ने असरको अनुसन्धानमा अभिभावकको कार्यस्थलको अनुभव प्राथमिकतामा परेको छैन। यसलाई प्राथमिकता दिइनुपर्छ किनभने बालबालिकाको स्वास्थ्यमा असर पार्ने एक अर्को माध्यम हो, डा. मल्लले भने।

 

डा अमात्य आफू पनि चारवर्षे बालकको आमा भएको जानकारी दिदै भन्छिन्, महिलाले बालबालिकाको हेरचाह गर्ने र हुर्काउने जिम्मेवारीको ठूलो मनोवैज्ञानिक भार बोकिरहेको हुन्छ। आमाले घरको अतिरिक्त काममा समय खर्चनुभन्दा बच्चाको स्याहारसुसारमा समय दिँदा तिनका बालबालिकाको बौद्धिक क्षमता बढेको हुन्छ।

 

 

भौतिक रूपमा आमाबुबाको उपस्थितिले छोराछोरीलाई मनोवैज्ञानिक रूपमा सकारात्मक असर गर्ने उनको भनाइ छ। अभिभावकले आफ्ना छोराछोरीहरूसँग विताउने समयले बालबालिकाको मानसिक स्वास्थमा राम्रो असर पर्छ।

 

मानसिक चिकित्सक रवि शाक्यका अनुसार पेसाले आफ्ना छोराछोरीमा पर्ने प्रभावबारे हामी चासो दिन्छौँ भने हामीले हाम्रो पेसा र छोराछोरीमध्ये कसलाई महोत्व दिइरहेका छौँ भन्ने ख्याल गर्नुपर्छ।

 

 

उनले भनिन्, योे त्यति गाह्रो कुरा पनि होइन । साथै हामीले आफ्ना छोराछोरीसँग भौतिक र मनोवैज्ञानिक उपस्थित हुनका लागि केही सिर्जनशील तरिका अपनाउन सक्छौँ जस्तै विदाको समयमा घुमाउन लग्ने, दैनिक आधा घण्टा भए पनि उनीहरूसँग समय विताउने, बगैँचामा फूल रोप्न लगाउने र आफू पनि काम गर्ने यसले गर्दा दिमागमा एउटा रमाइलोपन आउँछ ।

 

आमाबाबु दुवै रोजगार हुँदाको असर

 

बाबु र आमा दुवैले परिवारलाई पहिलो प्राथमिकता दिँदा बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्य उच्च हुन्छ डा मल्ले दाबी गरे। संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका जेफ ग्रिनहोलको अध्ययनले अभिभावकले आफ्नो कामलाई चुनौतीपूर्ण, सिर्जनात्मक र आनन्दायक रूपमा लिँदा त्यसले बालबालिकाको मनोविज्ञानमा राम्रो असर पारेको छ। यसमा काममा दिने समयले केही फरक पारेको देखिँदैन । त्यस्तै अध्ययनले बालबालिका तब बढी खुसी हुन्छ, जब अभिभावक भौतिक रूपमा आफ्ना छोराछोरीसँगै हुन्छन्।

 

बाबुको रोजगार हुँदा

बाबुले अत्यधिक समय आफ्नो कामका बारेमा सोचेर बिताउँदा बालबालिकामा भावनात्मक समस्या देखिने सम्भावना हुन्छ । बुबाले परिवारसँग समय बिताउँदा र आराम गर्दाको समयमा कामबारे सोच्दा पनि बालबालिकाको भावनात्मक र व्यवहारगत अवस्थामा नकारात्मक असर गरेको देखिन्छ , अर्कोतर्फ आफ्नो कामबाट सन्तुष्ट पिताको छोराछोरीहरूमा तुलनात्मक रूपमा व्यवहारगत समस्या कम देखिन्छ ।

 

आमा रोजगार हुँदा

आमाको हकमा कार्यक्षेत्रमा कायम समझदार वातावरण र त्यहाँ तिनले भनेजस्तो हुने अवस्थाले बालबालिकामा राम्रो प्रभाव पार्ने देखिन्छ डा अमात्य भन्छिन्, आराम र आफ्नै स्याहारमा बढी समय खर्चने र घरको काममा कम समय दिने आमाका बालबालिकामा बढी सकारात्मक परिणाम देखिन्छ । सकारात्मक असर आमाहरू घरमा हुने कि काममा भन्ने कुरामा होइन, तिनीहरुले कामबाहेकको समयमा घरमा कसरी समय बिताउँछन्, त्यसमा भर पर्ने कुरा हो।

 

आमाहरूले आफ्नो स्याहारका लागि बालबालिकासँग नरहँदा पनि त्यसको कुनै नकारात्मक असर देखिएन । तर आमाहरू कामबाट फर्किएर घरको काममा व्यस्त हुँदा भने छोराछोरीहरू व्यवहारगत समस्याले घेरिने सम्भावना बढी देखिएको पनि सो अध्ययनले प्रस्ट पारेको छ। गाेरखापत्र दैनिकमा  यो खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय