कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले विनाकारण बखेडा झिकेकाले संविधान संशोधन प्रस्ताव पास हुन नसक्दा मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाएका छन् । गिरिजाप्रसाद कोइरालाको साऔँ पुण्य स्मृतिदिवसमा सोमबार आयोजित ‘गिरिजाप्रसाद कोइराला, संविधान कार्यान्वयन र राजनीतिक दलहरू’ विषयक अन्तरक्रियामा देउवाले मुलुकको मूल कानुन संविधानले जनताको भावनाको कदर गर्न सक्नुपर्ने बताए ।

‘संविधानको परिभाषाभित्र उत्तरपन्थी, दक्षिणपन्थी, पूर्वपन्थी वा पश्चिमपन्थी केही किटान गरिएको हुँदैन । संविधानले मुलुकमा बसोबास गर्ने सबै नागरिकको भावनाको कदर गर्नुपर्छ,’ देउवाले भने, ‘हिमाल र पहाडमा बस्ने मानिसले पाउने अधिकार मधेसमा बस्नेहरूले पनि पाउनुपर्ने हो । तर, एमालेको तर्कविहीन बखेडाका कारण संविधान संशोधन गरी मधेसका अधिकार संविधानमा समाहित गर्न अप्ठ्यारो भइरहेको छ । जसका कारण मुलुक अनिर्णयको बन्दी बनिरहेको छ ।’

पहाड र मधेसबीचको सद्भाव नबिथोल्न आग्रह
संविधानले महिला, दलित, आदिवासी जनजाति, पिछडिएको क्षेत्रका भावनाको कदर गरेपछि मधेसको भावनाको कदर गर्न राज्य हिचकिचाउनु नहुने उनको भनाइ थियो । तर, पछिल्लो समय एमालेका क्रियाकलापले पहाड र मधेसबीचको सद्भाव बिथोलिने सम्भावना रहेको भन्दै देउवाले त्यस्ता गतिविधि बन्द गर्न आग्रह गरे । हिमाल, पहाड र तराईलाई विभाजन गरी एकता भाँड्ने षड्यन्त्र भइरहेको देउवाको भनाइ थियो । ‘तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको छ, यसलाई चिर्न पनि कांग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी छ,’ उनले भने ।

स्थानीय निर्वाचन रोकिन्न
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने देउवाको भनाइ थियो । उनले निर्वाचन हुन्न कि भन्ने शंका नगरी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । ‘चुनाव नभए संवैधानिक संकट आउँछ । यसले लोकतन्त्र खतरामा पर्छ,’ देउवाले भने, ‘चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ । यसमा शंका नगर्नुस्, पार्टी र आफूले कसरी जित्ने हो, त्यसको तयारीमा आजैदेखि लाग्नुस् ।’

समस्या समाधान गर्ने हिम्मत कांग्रेससँग मात्र
नेता कृष्णप्रसाद सिटौलाले देशमा देखिएको समस्या समाधान गर्ने हिम्मत राख्ने कांग्रेस मात्रै रहेको बताए । ‘कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको उद्देश्य युद्धरत माओवादीको बन्दुक र राजाको गद्दी खोस्नु थियो, त्यो पूरा गरेर छोड्नुभयो,’ सिटौलाले भने, ‘उहाँले जनतामा पूर्ण प्रजातन्त्र ल्याउँछौँ भनेर बोल्नुभयो, व्यवहारमा कार्यान्वयन गरेर पनि देखाउनुभयो । संविधानसभामार्फत संविधान जारी गर्ने कार्यको अगुवाइ पनि कांग्रेसले गर्यो‍ ।’

गिरिजाबाबु राष्ट्रियताका पक्षमा दृढ नेता
माओवादी केन्द्रका नेता अमिक शेरचनले गिरिजाबाबु राष्ट्रियताका पक्षमा दृढ रहेर राष्ट्रको हितमा काम गर्ने नेता रहेको बताए । आफू राष्ट्रप्रमुख भएर मुलुकलाई भुटानीकरण गर्ने प्रस्ताव आउँदासमेत गिरिजाप्रसादले अस्वीकार गरी राष्ट्रलाई सार्वभौम र स्वतन्त्र राख्न संघर्ष गरिरहेको उनको भनाइ थियो । गिरिजाप्रसादलाई मुलुकको पहिलो राष्ट्रपति बनाएको भए यतिवेलासम्म संविधान निर्माण भएर कार्यान्वयन भई संस्थागत भइसकेको हुने उनको जिकिर थियो । माले महासचिव सिपी मैनालीले मधेसको माग पूरा गरेर स्थानीय तहको निर्वाचन गर्ने कुनै पनि सम्भावना नरहेको बताए । संशोधन पारित गरेपछि मात्रै निर्वाचन गर्ने भन्नु निर्वाचन बिथोल्ने षड्यन्त्र हुने मैनालीको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah