सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा डीआईजी नवराज सिलवाललाई बढुवा गर्न सरकारका नाममा आज मंगलबार आदेश दिँदै ऐतिहासिक निर्णय गरेको छ । आईजीपी पदका लागि दाबेदारहरुमध्ये वरीयताको क्रममा एक नम्बरमा रहेका र कार्यसम्पादनमा पनि अब्बल रहेका सिलवाल एक महिनाअघि नै प्रहरीको आईजीपीमा बढुवा हुनुपर्ने थियो । तर, राजनीतिक खिचातानीका कारण तेस्रो नम्बरका विवादास्पद डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवाल अदालतसम्म पुग्नुप¥यो ।

अन्ततः अदालतबाट न्याय पाएका सिलवाल अदालतको फैसलाबाट हालसम्मकै शक्तिशाली आईजीपी बन्ने क्रममा छन् । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका सिलवाल अध्ययनशील, अपराध अनुसन्धानमा दक्ष र समयअनुसार निर्णय गर्नसक्ने क्षमता राख्छन् ।

अपराध र अपराधीविरुद्ध शून्य सहनशीलता राख्ने सिलवाल आफ्नो सेवाको सिलसिलामा देशको जुनसुकै भूभागमा गए पनि आफ्नो राम्रो कामका कारण चर्चित छन् । विशेषगरी प्रहरी अधिकृतहरु आफ्नो कार्यकालमा आर्थिक पक्षका कारण विवादित रहने भए पनि सिलवाल हालसम्म त्यस्तो विवादमा नफसेका चोखा प्रहरी अधिकृत हुन् ।

यस्ता छन् सिलवालका महत्वपूर्ण कामहरु

सिलवाल काठमाडौं प्रहरी प्रमुख हुँदा आपराधिक गतिविधिलाई न्यूनीकरण गरेका कारण चर्चामा आएका थिए । उनले राजनीतिक पहुँच राखेर गुण्डागर्दी गर्नेहरुविरुद्ध अपरेसन नै चलाएका थिए । अपरेसनका कारण काठमाडौंमा गुण्डागर्दी कम गर्नेलाई प्रहरीलाई ठूलो सफलता मिलेको थियो ।

त्यस्तै, दोस्रो संविधानसभा निर्वाचनको क्रममा पूर्वक्षेत्रको कमाण्ड सम्हाल्न पुगेका उनले निर्वाचन सफलतापूर्वक गराए । अपराध, अपराधी, सीमावर्ती क्षेत्रको तस्करी, गैरकानुनी गतिविधि गर्नेहरूविरूद्ध उनले अभियानै चलाएका थिए । उनले संगठनभित्र अनुशासन र मर्यादा सिकाए । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, खराब काम गर्नेलाई कारबाही गर्ने थिति बसाले । घुस खाने प्रहरीविरूद्ध अभियानै चलाएपछि धेरै प्रहरीले जागिरबाट हात धुनुपरेको थियो । प्रहरी र समाजलाई जोड्ने कार्यक्रमहरू सञ्चालन गरेपछि अपराध नियन्त्रणमा प्रहरी–नागरिक सम्बन्ध बलियो बन्दा उनी जनतामाझ लोकप्रिय भए ।

एसएसपीबाट डीआईजीमा बढुवा हुँदा एक नम्बरमा रहेका सिलवालले केन्द्रीय अनुसन्धानको ब्युरोको कमाण्ड सम्हालेलगत्तै थुप्रै बोल्ड र ऐतिहासिक कामहरु गर्दै आएका छन् । नक्कली डाक्टर र पाइलटविरुद्ध उनले अपरेसन नै चलाए । उक्त अपरेसनका कारण थुप्रै नक्कली डाक्टर तथा पाइलट पक्राउ परे भने केही डराएर पेशा नै छाडे ।

सिलवालको यो अपरेसनको सर्वसाधारणले पनि मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । त्यस्तै, नेपालीहरुको एटीएम नम्बरको प्रयोग गरी रकम निकाल्ने विदेशीहरुलाई श्रृंखलाबद्ध रुपमा पक्राउ गर्ने काम पनि सिलवाल नेतृत्वको टिमले गरेको थियो ।

त्यस्तै, हालसालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३४ किलो सुन पक्राउ गरेपछि सिलवालको कार्यक्षमता झन् उजागर भयो । उनले सुन तस्करीमा संलग्न संगठनभित्रकै एसएसपी, भन्सारका कर्मचारी, अन्य दोषीहरुलाई पक्राउ आफ्नो योग्यता र कार्यक्षमताको नमुना पेश गरेका छन् । यी बाहेक अन्य थुप्रै गैरकानुनी कार्यहरुको भण्डाफोर गर्ने र अपराधीलाई पक्राउ गर्ने काम सिलवालले गरेका छन् । जसका कारण उनी जनप्रिय बनेका छन् ।

सिलवालका चुनौतीहरु

सिलवाल संघीय संरचना कार्यान्वयन हुने सिलसिलामा रहेको मुलुकको आईजीपी बन्ने क्रममा छन् । करिब १३ महिना आईजीपी पदमा रहने क्रममा उनले मुलुकमा हुने तीन निर्वाचनहरुलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रमुख चुनौती रहेको छ ।   त्यस्तै, मुलुक संघीय ढाँचामा जाँदै छ । संघीयताको मोडलमा प्रहरीलाई ल्याएर संगठनात्मक संरचनाको जग बसाल्नु उनको अर्को चुनौती हो ।

प्रहरीमा सरुवा बढुवामा निष्पक्षता नभएको, राजनीतिक हस्तक्षेपबाट प्रेरित भएको आरोपबाट केहीबाहेक प्रहरी महानिरीक्षक अहिलेसम्म मुक्त छैनन् । संगठनमा राम्रो काम गर्नेलाई न्याय गर्नसक्नु र सरुवा बढुवा पारदर्शी बनाउनु उनको चुनौती हो । नेपाल प्रहरीमा राशनदेखि लुगाकपडा खरिदसम्मै अनियमितता हुन्छ, राजनीतिको खोल ओढेर सिपाही, हवल्दारले लगाउने कपडामा दलाली गर्ने ठेकेदारहरूसँग मुकाबिला गर्न उनी कति सक्षम हुन्छन् त्यो भविष्यले नै बताउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah