काठमाडौ, असोज ९ । चितवनको दारेचोकमा दुर्घटनामा परेका पूर्वमन्त्री माधव घिमिरेको खाजी कार्य आजका लागि स्थगित भएको छ । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार गाडी घिमिरे आफैँले चलाएका थिए । ’पूर्व गृहमन्त्रीका घाइते निजी चालकका अनुसार पूर्व गृहमन्त्री घिमिरे आफैँले गाडी चलाइरहनु भएको थियो’, सिडिओ सिंहले भने । दुर्घटनामा घाइते भएका चालक विष्णु राई भरतपुर अस्पताल भर्ना गरिएको छ ।
सिडियो सिंहले राति भइसकेका कारण आजको लागि खोजी कार्य स्थगित गरिएको जानकारी दिए । उनले भने–राति भएकाले आजको खोजीकार्य रोकिएको छ । भोलि बिहानैदेखि फेरि टोली परिचालन हुन्छ ।
कार दुर्घटनामा ३ जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा घिमिरेकी आमा चैतन्यकुमारी, प्रहरी सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको पहिचान भएको छ । अझै ३ जनाको अबस्था भने अञात छ ।
मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा बा ९ च १५३१ नम्बरको कार चितवनको दारेचोकस्थित घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah