साविक सतासीधाम र शिवगञ्ज गाविस गाभिएर बनेको शिवसताक्षी नगरपालिकाको कुल जनसङ्ख्या ३९ हजार ६ सय ८९ छ । यो नगरपालिकामा चर्चित धार्मिक एवम् पर्यटकीय क्षेत्र सताक्षी धाम पनि पर्छ ।
शिवसताक्षी नगरमा नेपाली कांग्रेसबाट पर्शुराम ढुंगाना, विनोद ढकाल, अरुण थापा, गोविन्द अधिकारी लगायतको नाम चर्चामा छ ।
ढुंगाना कांग्रेसका नगर सभापति, ढकाल धरपुर गाविसका सभापति, थापा पाँचगाछीका सभापति एवम् अधिकारी महाधिवेशन प्रतिनिधि हुन् ।
नारायणप्रसाद बजगाईं, रतनबहादुर थिङ्लाबो, चन्द्रवीर नेम्वाङ, शिवकुमार योङ्या र तुला बोखिमको नाम पनि चर्चामा छ । बजगाईं नेपाली कांग्रेस पूर्वक्षेत्रीय सभापति हुन् भने थिङ्लाबो कांग्रेसका जिल्ला सदस्य, नेम्वाङ पूर्व क्षेत्रीय समिति सभापति, योङ्या महाधिवेशन प्रतिनिधि हुन् । नेपाल तरुण दलका जिल्ला सदस्य बोखिम युवा नेताको रुपमा चिनिन्छन् ।
नेकपा एमालेबाट राधाकृष्ण खनाल, होम गौतम, खोदनाथ चापागाईं, चन्द्र शेर्मा, भोजकुमारी नेपाल, धनबहादुर थेबे, श्रीप्रसाद खरेल, रोशन थोप्राको नाम चर्चामा छ ।
खनाल अवकास प्राप्त शिक्षक, गौतम झापा आन्दोलनमा समेत सहभागिता जनाएका जिविसका पूर्व सदस्य, चापागाई अवकाश प्राप्त शिक्षक, शेर्मा आदिवासी जनजाति महासंघका पूर्व जिल्ला समिति उपाध्यक्ष एवम् पूर्व जिल्ला सदस्य, नेपाल, जिल्ला समति सदस्य, थेबे नगर अध्यक्ष, खरेल शिक्षक एवम् थोप्रा क्षेत्र नं. ५ का क्षेत्रीय उपाध्यक्ष हुन् । माओवादी केन्द्रंबाट ढुण्डिराज गुरागाईंको नाम चर्चामा छ । गुरागाईँ नगर इञ्चार्ज हुन् ।
त्यस्तै, राप्रपाबाट डिल्ली फेम्बु र रामबहादुर श्रेष्ठ उठ्ने सम्भावना छ । फेम्बु राप्रपाका पुराना नेता हुन् । श्रेष्ठ शिवसताक्षी नगरका अध्यक्ष छ ।
गौरव पोखरेलको सहयोगमा



