दमक/झापाको दमकमा सात बर्ष अघि युवाहरु मिलेर नयाँ रुपमा शुरु गरेको सहकारी संस्था स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारीले आफ्नो सातौ वार्षिक उत्सवसम्म आइपुग्दा आफ्नो बेग्लै पहिचान स्थापित गरेको छ । उसले आफ्नो सफलतासंगै रचनात्मक कामहरुलाइ समेत अघि बढाउन थालेको पाइउको छ । दमकका सामाजिक तथा राजनीतिक ब्याक्तित्व युवा ब्यवसायि रबि न्यौपानेको नेतृत्वमा रहेको सहकारीले सफलता पूर्वक सातौ बर्षमा आइपुगेको भन्दै सहकारीकर्मीहरुले प्रशंशा समेत गरेकाछन् ।
बार्षिकोत्सवको अवसर पारेर सहकारीले रक्तदान र निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको संस्थाका प्रवन्धक कमलप्रसाद घिमिरेले बताए । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले सहकारीको उत्तरउत्तर प्रगतीको कामना गर्दा सातौ बार्षिकोत्सवमा गरिने बिभिन्न कार्यक्रमहरुको उद्घाटन गरेका थिए ।
रक्तदान कार्यक्रममा १ सय ३४ जनाले रक्तदान गरेको र यो उल्लेख्य सहभागिता रहेको दमक रेडक्रस रक्त सञ्चार सेवाका प्रमुख सिदार्थ दाहालले बताएकाछन् । यसैगरि वार्षिक उत्सवको अवसर पारेर लाईफ लाईन अस्पताल दमकको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर समेत भएको छ । स्त्री रोग बिशेषज्ञ, दन्त शिबिर, आखाँ, मृगौला, पेट—छाती रोग सम्बन्धि स्वास्थ्य परिक्षण सहित निशुल्क औषधि बितरण भएको थियो ।



