
काठमाडौं । शुक्रबार देखि नेकपा एमालेका नेता कार्यकर्ताले एनसेलको सिमकार्ड बहिस्कार गर्ने भएका छन् । एनसेलले सरकारलाई कर नतिरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले एमालेका सबै नेता कार्यकर्ताले आजैदेखि एनसेलको सिम नबोक्न आग्रह गरेको छ । शेयर स्वामित्व खरिद –बिक्रीमा लाग्ने पूँजीगत लाभकर नतिरेको भन्दै संगठनले एनसेल बहिष्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामीछानेले जानकारी दिनुभयो । संगठनको शुक्रबार बसेको बैठकले आफ्ना कुनै पनि नेता कार्यकर्तालाई एनसेलको सिम प्रयोग नर्गन निर्देशन समेत जारी गरेको छ । त्यस्तै अनेरास्ववियुले सर्वसाधरण नागरिकहरुलाई समेत सरकारलाई तिर्नुपर्ने ३३ अरब कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न भनेको छ । –



