काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई अब फेरि प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका छन् ।

शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका हुन् । तर अव बन्ने सरकारले १० वर्ष भित्रमा देश परिवर्तन हुने गरि काम गर्ने उनले दावी गरे ।
ओलीले अब एमाले नेतृत्वमा सरकार बन्ने भन्दै त्यसले विकासमा फड्को मार्ने बताए ।

आफू प्रधानमन्त्री भएको बेलको अनुभव साट्दै ओलीले भने, ‘मैले प्रधानमन्त्री हुँदा योजना मात्र ल्याएर नहुने र त्यसका लागि बजेट आवश्यक हुने अनुभव गरे,’ उनले भने,‘तर दुखको कुरा अहिले सम्म योजना समेत बनेनन् ।’

प्रा.डा भीष्मराज प्रसाइद्वारा लिखित ‘आफैंलाई फर्केर हेर्दा’ नामक पुस्तकको विमोचन गर्दै ओलीले नेपालको शिक्षा व्यवहारिक कभएको भन्दै यसलाई सुधार गर्नुपर्ने औल्याए ।ओलीले आफू गाईँ–भैँसी चराउँने परिवारबाट हुर्किएर आएको बताए ।

उनले भने, ‘उहाँ अघिल्लो पुस्ता म अलिक पछिल्लो पुस्ताको हो । शिकारी लाग्ने ठाउँबाट ‘ओपन हार्ड सर्जरी’ गर्ने ठाउँमा आउनुभयो मेडिकल क्षेत्रमा उहाँले नयाँ थालनी गर्नुभयो खुशी लागेको छ । मैले जस्तो उहाँले गाईँ–भैँसी चराउनु भयो कि भएन मलाई थाहा भएन । तर, जे गर्नु भएको छ, राम्रो गर्नुभएको छ ।’

उनले आफू सानो छदाँ एउटा सानो सेतो डल्लो उढेको देखेँको र त्यतिबेला त्यसलाई हवाईजहाज भन्दा आश्चर्य लागेको पनि बताए । ‘त्यो पूर्वबाट पश्चिमतिर जाँदै थियो,’ बाल्यकाल सम्झदैँ ओलीले भने, ‘सबैले यो हवाई जहाज हो, यस भत्र मान्छे छन् भन्दा मलाई अचम्म लागेको थियो ।’

उनले नचाहिने कुरामा लफडा नगर्ने हो भने नेपालमा धेरै गर्न सकिने पनि उनले बताए । ‘अमेरिकामा गएर शिवजी खेलेको ठाउँ भेटिन्छ,’ उनले प्रश्न गरे, ‘नेपालमा मात्र त्यो सम्भव छ । हामी हाम्रो देशलाई वास्तवमै सुन्दर बनाउँन सक्छौँ । तर, आँट चाहिन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah