पृथ्वीजयन्तीको दिन पुष २७ मा सार्वजनिक विदा नहुने भएको छ । लामो वहसपछि सरकारले पारित गरेको २०७४ सालभरिको सार्वजनिक विदाको सूचीबाट पृथ्वीजयन्तीलाई हटाइएको हो । यसअघि क्याबिनेट वैठकको निर्णयबाटै पुष २७ मा बिदा दिने भनिएपनि त्यस्तो कुनै निर्णय नै नभएको खुलासा भएको छ । क्याबिनेटबाट कुनै निर्णय भएको छैन । राजनीतिक सहमतिको आधारमा आवश्यक परे पछि बिदा दिइने समझदारी मात्रै भएको हो ।

सरकारका एक मन्त्रीले भने । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल  पनि पृथ्वीजयन्तीको दिन बिदा दिने विपक्षमा हुनुहुन्छ । प्रधानमन्त्रीको चाहना नरहेकै कारण सो निर्णय नभएको उनले प्रष्ट पारे । त्यसैले गृहमन्त्रालयले पुष २७ को बिदा कटौती गरेर सार्वजनिक बिदाको सूचि पेश गरेको हो । मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको बैठकमा गृहसचिवले पेश गरेको बिदाको सूचिमा क्रिशमसको दिन भने बिदा दिने उल्लेख  छ ।

यसैबीच वैठकमा पुष २७ मा सार्वजनिक विदा दिने विषयमा सरकारका दुई मन्त्रीबीच चर्को विवाद भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरीबीच विवाद भएको हो ।  पृथ्वीजयन्तीको (पुस २७ गते) दिन दिइने भनिएको सार्वजनिक बिदा हटाइएको पाइएपछि मन्त्री गिरीले पृथ्वीजयन्तीको दिन बिदा नदिइए बिदाको सूचि पारित गराउन आफ्नो समर्थन हुन नसक्ने बैठकमा बताएपछि दुई मन्त्रीबीच विवाद सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah