लामो समयपछि जनप्रतिनिधिको चयनका लागि स्थानीय तहको निर्वाचन हुदैछ । निर्वाचनले दमकको माहोल तातेको छ । सबैले आफ्नो र आफ्नो समुदायको प्रतिनिधित्वको अपेक्षा समेत गर्दै आएकाछन् । यसैक्रममा दमकका पुराना ब्यवसायि तथा यहाँका रैथाने अग्रवालहरु समेत जनप्रतिनिधिको दौडमा र चर्चामा रहेकाछन् ।

दमकमा राजू अग्रवाल, गोपाल अग्रवाल, दिनेश अग्रवाल र नयाँ युवा पुस्तामा नबिन अग्रवालसम्मको चर्चा रहेको छ । गोपाल अग्रवालले खुलेर नै आफ्नो वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरिसकेकाछन् । दमक पुराना ११ नम्बर वडा र हाल ६ नम्बर वडाबाट वडाध्यक्षका लागि उनले जोडतोडका साथ दाबी गरेका हुन् ।

उनले सवाल नेपालसंग आफू महाअधिवेसन प्रतिनिधि भइसकेकाले काँग्रेसले आफूलाइ उम्मेदवार बनाउनु पर्ने उनको तर्क रहदै आएको छ । फेसबुकबाट उनले उम्मेदवारी पनि घोषणा गरिसकेकाछन् । आफूलाइ कुनै पनि हालतमा काँग्रेसले वडाध्यक्षको उम्मेदवार बनाउनु पर्ने जनाउदै नबााए त्यो काँग्रेसका लागि नै घातक हुने समेत उनले जनाए ।

यता काँग्रेसभित्र नै राजु अग्रवालको नाम पनि चर्चामा छ । आफै घोषणा नगरेपनि आन्तरिक रुपमा उनले आफ्नो इच्छा प्रकट गरिसकेको काँग्रेस श्रोतको भनाइ रहेको छ । काँग्रेसभित्र राजु अग्रवाल पनि पुरानो कार्यकर्ता मानिन्छन् । यता दिनेश अग्रवालले अग्रवाल समुदायको प्रतिनिधित्व हुनु पर्ने बताउदै आफ्नो चर्चा हुनु स्वभाविक भएको बताए । उनले अवसर पाए आफू पनि पछि नहट्ने उनको भनाइ रहेको थियो । उनि पनि काँग्रेस समर्थित हुन् ।

यता नयाँ पुस्तामा नबिन अग्रवालको पनि चर्चा रहेको छ । राप्रपामा आस्था राख्ने उनि राम थापाको नजिकको र बिश्वासको पात्र मानिन्नछन् । दमक उद्योग बाणिज्य संघमा सदस्यमा सबैभन्दा बढि मत ल्याएको उनको जनप्रतिनिधिको रुपमा चर्चा बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah