१६ चैत्र । नागरिक असुरक्षित भए स्थानीय प्रशासनको अनुमतीमा हातहतियार राख्न पाउने व्यवस्था छ । हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम असुरक्षित महसुस गर्ने हरेक नेपाली नागरिकले प्रशासनको स्वीकृती लिएर हतियार राख्न पाउछन् । तर सरकारले बैशाख १५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाइसक्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी बैशाख ३१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाउन इजाजत प्राप्त हातहतियार नजिकको प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो ।पछिल्लो समय स्थानीय प्रशासनले त्यस्ता हतियारहरु निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनमा बुझाउन आग्रह गरेको हो ।

जानकारहरूका अनुसार शुरुमा साना हतियार खरिद गर्न दिने कानुनी व्यवस्था थिएन । तर पञ्चायतकालमा राजाको हुकुम प्रमाङ्गी र बहुदलकालमा मन्त्रिपरिषद्ले विशेष निर्णय गरी साना हतियार राख्न दिनेगरेको थियो ।

अहिले सरकारले १२ बोर र २२ बोर राइफलका साथै हवाइफायर गर्न मिल्ने बन्दुक मात्र राख्न छुट दिएको छ ।

यसबाहेक अन्य हतियार राख्ने छुट छैन । १२ बोरको राइफलका लागि सय राउन्ड गोली राख्न पाउने कानूनी व्यवस्था छ भने २२ बोरका लागि २ सय राउन्ड गोली राख्ने व्यवस्था रहेको छ । यसै व्यवस्थाको उपयोग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशसँग समेत हतियारका रहेका खबर आइरहेका छन् ।

गृह मन्त्रालयको तथ्यांक अनुसार ०७२ असार सम्ममा देशभर इजाजतप्राप्त हतियारको संख्या ३४ हजार ३ सय १४ वटा छ । त्यसमा पेस्तोल, रिभल्वर, भरुवा बन्दुक, १२ बोरको बन्दुक लगायत छन् ।

इजाजत प्राप्त हतियारको संख्या गृहका अनुसार, पेस्तोल ३१२ वटा, रिभल्वर ११७ वटा, १२ बोरको बन्दुक, १३,८९२ वटा २२ बोरको बन्दुक, ४,६६१ वटा भरुवा बन्दुक १२,०९१ वटा हावादारी बन्दुक १,०१० वटा, अन्य २,२३१ वटा रहेको बताइन्छ । यीमध्ये काठमाडौंमा मात्रै ११ हजार अनुमतिप्राप्त हतियार छन् ।

नेपालमा अधिकांश हतियार अमेरिका, सिंगापुर, बेलायत, इटाली र जर्मनीमा बनेका हतियार ल्याउने गरिएको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हतियारको विवरणबाट देखिन्छ ।

पछिल्लो समय नागरिकले हातहतियार राख्ने प्रचलन हावी भएसँगै अपराधका घटना समेत मौलाएको पाइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah