काठमाडौं , १० असोज । परराष्ट्रमन्त्री प्रकाशशरण महतले संयुक्त राष्ट्रसंघको मान्यता अन्तर्गत पाकिस्तानलाई स्वतन्त्र मुलुकको हैसियतमा रहन पाउने वैधानिक अधिकारको पक्षमा नेपाल रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा शनिवार राती सम्बोधन गर्दै महतले पाकिस्तान स्वतन्त्र मुलुककाे हैसियतामा रहन पाउनुपर्नेमा जाेड दिए । मध्यपूर्वको विस्तृत शान्तिमा जोड दिँदै  उनले नेपाल सबै खालका आमविनासकारी हतियारहरुको पूर्ण तथा समयबद्ध निराकरणको पक्षमा रहेको बताए ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले आतंकवादको बढ्दो खतरालाई सामूहिक रुपमा सामना गर्नुपर्ने बताएका छन् । उनले भने, ‘ दक्षिण एशियासहित विश्वका अन्य भागहरुमा आतंकबादको जोखिम बढिरहेको र यो मानवता तथा शान्तिका लागि ठूलो खतरा रहेको स्पष्ट पारे । ‘नेपाल कुनै पनि प्रकारको आतंकवाद र यसको रुपलाई भत्र्सना गर्दछ ।’

महतले अफगानिस्तान, सिरिया, इराक र लिवियाको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्दै द्धन्द्धहरुको तत्कालै समाधान हुनुपर्ने नेपालको धारणासमेत स्पष्ट पारेका छन् । परराष्ट्रमन्त्री महतले ठूलो संख्यामा युएन शान्ति सैनिक योगदान गरेको नेपालजस्ता मुलुकले राष्ट्रसंघमा उच्च ओहोदाको पद पाउनुपर्नेमा पनि जोड दिएका छन् ।

संविधान समावेशी परराष्ट्रमन्त्री महतले नेपालको संविधान सहभागीतामूलक, पारदर्शी तथा समावेशी प्रक्रियाबाट जारी भएको तथा यसमा मानवअधिकारको पूर्ण प्रत्याभूति गरिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah