
मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकको टुङ्गो लगाउने भएको छ । बैठकले डिआईजी नवराज सिलवाल र जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्ती गर्ने आन्तरिक तयारी गरेको बुझिएको छ । अदालतको पनि सम्मान र सरकारको कार्यकारी अधिकारलाई पनि रक्षा गर्दै महानिरीक्षकमा दुवैको बढुवा गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरवहादुर देउवाबीच छलफल भएको थियो । सिलवाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई प्रहरी नेतृत्वको जिम्मा दिने विषयमा दुवै नेताबीच सहमति भएको स्रोतको दाबी छ । प्रहरी ऐन अनुसार आईजीपी नियुक्त गर्ने सरकारको अधिकारलाई सर्वोच्चको पूर्ण इजलासले गरेको फैसलाले अंकुश लगाएको कानुनबिद्हरुले निष्कर्ष निकालेका थिए ।
कानूनविद्हरुको सल्लाह बमोजिम दाहाल र देउवाबीच पनि सर्वोच्चलाई घुमाउरो पाराले जवाफ दिदैं सरकारको कार्यकारी अधिकारलाई रक्षा गर्नुपर्ने बिषयमा छलफल भएको थियो । ‘सर्वोच्चको फैसला आएपछि मन्त्रिपरिषद्को बैठक बसेको छैन । त्यस लगत्तै प्रधानमन्त्री चीन भ्रमणमा निस्कनुभयो । अब बस्ने क्याबिनेटबाट आईजीपीको नियुक्ति विवाद टुंगिन्छ ।’ एक मन्त्रीले जनता समाचारलाई बताए । संभवतः मंगलबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकको टुङ्गो लगाउनेछ । –



