आशन्न स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिका अन्य भन्दा चुनावी सरगर्मीका कारण अगाडी देखीन्छ । मेचीनगरको काँग्रेस भित्र नगरको प्रमुख पदका लागि दश भन्दा बढी आकाक्षी देखीएका छन । हिजो मात्रै पार्टी बैठकमा ईच्छा जायेर गरेका आकाक्षी मध्ये दुई जनाले आज पत्रकार सम्मेलन मार्फत नै आफ्नो उमेद्वारी घोषणा गरेका छन । काँग्रेस महाधिवेशन प्रतिनिधि बिजय डालमिया र जिल्ला सदस्य पुष्पराज पौड्ेलले छुट्टा छुट्टै पत्रकार भेटघाट कार्यक्रम मार्फत मार्फत उमेद्वारी प्रस्तुत गर्नु भएको छ । आज बिहान धुलाबारीमा पत्रकार भेटघाटका क्रममा जिल्ला सदस्य पौड्ेलले मेचीनगरलाई सम्बृद्ध नगर बनाउन आफुले नगर प्रमुख पदमा उमेद्वारी दाबी गरेको बताउनु भयो ।
२०३६ सालमा कक्षा ८ मा पढ्दा देखी नै पञ्चायती शासन बिरुद्ध नेबिसंघ मार्फत प्रजातन्त्रको पक्षमा लागेको बताउनु हुने पौड्ेलले नगरलाई योजनाबद्ध ढंगबाट सञ्चालन गर्ने योजना भएकाले पनि आफुले नगर प्रमुखमा दाबी गरेको पौड्ेलले बताउनु भयो । बौद्धिक ब्यक्तित्व र बिपी कोईरालाको बिचारलाई आम नागरिक माझ सरल ढंगबाट प्रस्तुत गर्न सक्ने क्षमता भएका तथा धुलाबारी क्याम्पस प्रमुख समेत रहनु भएका पौड्ेलले आफ्नो उमेद्वारी प्रस्तुत गदैगर्दा पार्टीबाट आएको अन्तिम निर्णय जस्तो भए पनि मान्ने बताउनु भएको छ ।
त्यसै गरी आजै काककरभिट्टाका काँग्रेस नेता बिजय डालमियाले पनि काकरभिट्टामा पत्रकार सम्मेलन गरी मेचीनगरको प्रमुख पदमा दाबी प्रस्तुत गर्नु भएको छ । २०४२ सालमा बिद्यार्थी रहँदादेखी नै काँग्रेस सम्बद्ध बिद्यार्थी संगठन मार्फत काम गरेको बताउनु हुने डालमियाले मेचीनगरको बिकास र काँग्रेसको एकताका लागि आफुले उमेद्वारी प्रस्तुत गरेको बताउनु भयो ।
तत्कालिन काकरभिट्टा गाबिस हुँदा काँग्रेसको वडा सचिब देखी गाउँ समिति कोषाध्यक्ष समेतको जिम्बेवारी सम्हाली सक्नु भएका डालमियाले मेचीनगरका युवालाई स्वारोजगार बनाउने र बिदेश पलायन रोक्ने तर्फ काम गर्ने बताउनु भयो । साथै पार्टीले गरेको निर्णय आफुलाई मान्य हुने समेत डालमियाले पत्रकार सम्मेलनमा बताउनु भयो ।
काँग्रेस मेचीनगरमा नगर प्रमुखका लागि धेरै आकाक्षी देखीए पछि क्षेत्रिय स्तरमा नै पार्टीको आधिकारीक उमेद्वार निर्णय हुने कुरा असभ्भव झैं भएको छ । काँग्रेसले वडाबाट सिफारिस नगर समितिको राय मार्फत क्षेत्रिय समितिमा निर्णय गर्न सकिने प्रावधान बनाएको छ । तर क्षेत्रिय समितिमा सर्बसम्मत निर्णय हुन नसके जिल्ला समिति र जिल्लामा पनि सर्बसम्मत हुन नसके केन्द्रीय समितिले उमेद्वारको टुगों लागाउने उमेद्वार छनौटको बिधि बनाएको काँग्रेस स्रोतले जानकारी दिएको छ ।
रेडियो सरगम


