सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमाले सीमांकनको विषय थाती राखेर मधेसी मोर्चाको माग सम्बोधन गर्न सहमत भएका छन् ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई पार्टीका शीर्ष नेताहरुको बैठकले मधेसी मोर्चा निर्वाचनमा आउन सहमत भए सीमांकन बाहेकका बाँकी संशोधनको मागबारे छलफल गर्न तयार रहेको प्रष्ट पारेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा भएको गोप्य छलफलमा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ  तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम सहभागी हुनुभएको स्रोतले जनता समाचारलाई बताए । स्रोतका अनुसार सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधन गरेर अगाडि बढ्ने र मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने विषयमा छलफल केन्द्रित भएको थियो । यस्तै संघीय आयोग गठनका विषयमा पनि बैठकमा छलफल भएको छ ।

छलफल पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चाको दृष्टिकोण के हो बुझौं भन्दै भाषागत रुपमा बुँदामा सरकार कसरी प्रस्तुत हुन्छ,त्यसपछि छलफलमा जान सकिने बताउनुभएको थियो ।

छलफलपछि मधेसी मोर्चासँग सीमांकन बाहेकका विषयलाई लिएर संविधान संशोधन गर्न सकिने धारणाका साथ सरकार गृहकार्यमा जुटेको छ । छलफलका लागि मधेसी मोर्चासँग छिट्टै औपचारिक बैठक बोलाइने बताइएको छ ।

यसअघि निर्वाचन आयोगले मधेसी मोर्चासँगको छलफल चाँडो नटुंगाए निर्वाचन गराउन अप्ठ्यारो पर्ने भन्दै सरकारलाई ताकेता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah