आश्विन ११, २०७३- मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ । घाइते १३ जनाकाे काठमाडाैंकाे शिक्षण अस्पतालमा उपचार भइरहेकोमा एकजनाकाे मृत्यु भएकाे इमरजेन्सी विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले बताएका छन् । यस्तै १८ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे धादिङ्का प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिए ।
घाइतेरुलाई दुईवटा हेलिकप्टरमार्फत् उपचारार्थ काठमाडौं ल्याइएकाे हो । सुरुमा गम्भिर घाइते ६ जनालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो भने पछि अन्य ७ जनालाई पनि सेनाको हेलिकप्टरले उद्धार गरेर ल्याएको थियो ।


बिहान सदरमुकामको मिलनटोलबाट ३५ जना टिकट काटेका यात्रु लिएर किङ्गताङ्गफेदीका लागि छुटेको ना ४ ख ३३१८ नंबरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको धादिङ जिल्लाका प्रहरी निरीक्षक भीमप्रसाद भट्टराईले जानकारी दिएका छन् । बसपार्कबाट ३५ जना बोके पनि बीच बाटोमा अरु थपिएको हुन सक्ने प्रहरीले बताएको छ । घाइतेकाे उपचार भइरहेकाे शिक्षण अस्पतालकाे परिसरमा उपचाररतहरुकाे परिवार तथा अाफन्तकाे भीड लागेकाे छ ।







कान्तिपुर बाट सभार गरिएको ।



