
स्थानीय तहको चुनाव नजिकिदै गर्दा झापाको गौरादह नगरपालिकामा राजनीतिक दलहरूले आफ्नो उम्मेदवारी छनोटलाई
तीब्रता दिने क्रममा नेपाली काँग्रेस अगाडि देखिएको छ ।
गौरादह नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा चिरन्जिवि दाहाललाइ वडा कमिटीले सर्वसम्मत निर्णय गरेको बताइएको छ ।
यसैगरी गौरादह नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा युवा नेता हेमन्त कार्की उठ्ने भएकाछन् । वडा भेलाबाट उनलाइ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय भएको बताईएको छ ।
यसैगरी गौरादह नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा तारा कुमार श्रेष्ठलाई अघि सारेको छ । वडा भेलाबाट उनलाइ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय भएको जनाईएको छ । यसै गौरादह नगरपालिका वडा नं ४ मा मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा युवा नेता नेत्र ढुङगानालाई अघि सारेको छ ।



