
दमक/ दमक उद्योग बाणिज्य संघका बर्तमान सदस्य एवं होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगाललाइ होटल ब्यवसायी संघले पदाधिकारीमा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । बस्तुगतबाट भने मोहन ढकाललाइ सदस्य बनाउने निर्णय भएको बताईएको छ ।
आफु कुनै प्यानलबाट उम्मेद्वार नबनेको अवस्थामा स्वतन्त्र रुपमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने यसभन्दा अगाडि पनि उनले घोषणा गरेका थिए । सवाल नेपालसंग कुराकानीमा उनले आफ्नो बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताए ।
ब्यवसायीको माग अनुसार आफु उठ्न लागेको उनले बताएकाछन् । उनले आफुले जित्ने पनि दाबी गरे । होटल ब्यवसायी संघ यसका लागि एक ठाँउमा रहेको समेत दाबी गरिएको छ ।
नेपाली काँग्रेस निकट ब्यवसायीले साना पार्टीहरुसंग सहकार्यमा संयुक्त गठबन्धन बनाएर अध्यक्षमा गोकुल श्रेष्ठ सहितको टिम बनाएर लैजाने निर्णय गरिसकेको अवस्था रहेको छ । नेकपाले आज साँझसम्ममा उम्मेदवार सार्वजनिक गर्दैैछ ।




