दमकका ब्यवसायी र ब्यवसायको प्रगतीको लागि प्रगतीशिल प्यानल भएको प्रतिबद्धता

दमक/ दमक उद्योग बाणिज्य संघको प्रगतीशिल प्यानलको प्रारम्भिक प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । दमकका ब्यवसायी तथा ब्यवसायिक सुरक्षाका लागि सिसि क्यामेरा जडानदेखि लिएर ब्यवसायीक हितकोषलाइ ब्यवसायीको चाहाना अनुसार परिमार्जन र ब्यवस्थापन गरिने प्रतिबद्धता रहेको छ ।

 

मदन अधिकारी, गणेश बस्नेत लगायतको उपस्थितिमा भएको सार्वजनिक कार्यक्रममा अध्यक्षका उम्मेदवार बिमल खतिवडाले ब्यवसायीहरुको भावानालाइ बुझेर आफुहरु अघि बढ्ने बताए ।
दमकको ब्यवसाय र दमकका ब्यवसायीको हरेक क्षेत्रको प्रगतीका लागि प्रगतीशिल समुह नै शुद्ध ब्यवसायीहरुको प्यानल भएको खतिवडाको भनाइ थियो । यो ब्यवसायीहरुले बुझेको भन्दै ब्यवसायीको हित बिपरीत कहिल्यै नहिड्ने खतिवडाले आफ्नो प्यानलको तर्फबाट प्रतिबद्धता जनाए ।

 

उनले दमकमा बन्ने औधोगिक पार्क, बुद्धको अग्लो बुद्धमुर्तिहरु जस्ता योजनालाइ यस क्षेत्रका ब्यवसायीसंग जोडिने गरी अघि बढाउन पहल गर्ने जनाए । उनले ब्यवसायीहरुको माग र चाहाना अनुसार हिजो पनि काम गरेको र अब पनि त्यसरी नै गर्ने बताएका थिए ।

 

निर्वाचन परिचालन समितिका सह संयोजक राजेन्द्र ढकालले प्रगतीशिल समुह बाणिज्य संघ र यहाँको ब्यपारीहरुको प्रगतीको लागि भएको जनाउदै ब्यवसायीलाइ ढुक्कका साथ मतदान गर्न आग्रह गरे । ब्यवसायीको हित गर्ने र ब्यवसायीको पक्षमा काम गर्ने यो नेतृत्वको विकल्प नभएको उनको भनाइ थियो ।

 

भगवान बस्नेतले स्वागत मन्तब्य राखेको प्रतिबद्धता सार्वजनिक कार्यक्रमको बिषयमा रमेश अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रममा सबै उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah