
दमक/ दमक एउटा ठुलो शहर बनिसकेको छ । जहाँ आफ्नो परिचय बनाउन र ब्यवसायीमाझ स्थापित हुन सहज छैन । तर संघर्ष र असलप्रयासबाट केहि युवाहरु पछिल्लो समय स्थापित बन्दै गएकछन् ।
यस्तै युवामध्ये एकहुन् असिम राइ । जो दमकमा फर्निचर तथा काष्ठ ब्यवसायमा क्रियाशिल रहेकाछन् । उनि मिडियाकर्मी पनि हुन् । मिजासिला स्वभावका राईले दमक उद्योग बाणिज्य संघमा आगामि भदौ २० गते हुने निर्वाचनमा प्रगतीशिल समुहको तर्फबाट सदस्यमा उम्मेदवारी दिएकाछन् ।
अघिल्लो पटक पनि उनि सदस्यका उम्मेदवार रहेका थिए । सानो एक अंकको सानो मतान्तरले उनि बिजय हुन सकेका थिएनन् । यो पटक ब्यवसायीले आफुलाइ बिजय गराउनेमा आशाबादी रहेको उनि बताउछन् ।
ब्यवसायीक हकहित र ब्यवसायीको पीरमार्कालाइ समाधान गर्नका लागि संघमा रहेर काम गर्ने आफ्नो दृढ संकल्प रहेको उनि बताउछन् । यसमा ब्यवसायीका साथ पाउने अपेक्षा रहेको उनको भनाइ छ ।




