
दमक/ नागरिकताको नाम पीताम्बर न्यौपाने । चिनिने नाम पदमप्रसाद न्यौपाने । दमकमा एउटा उदाउदो युवा ब्यवसायी हुन् भन्दा फरक नपर्ला । लुब्रिकेन्ट्सको ब्यवसायमा अब्बल दखल बनाएका न्यौपाने दमक उद्योग बाणिज्य संघको भदौ २० गते हुने निर्वाचनमा सदस्यको उम्मेदवार बनेकाछन् ।
खुलातर्फको सदस्यको उम्मेदवार रहेका उनि कुनै समय असल शासन कार्यकर्ता भएर समेत काम गरेको अनुभव उनिसंग रहेको छ । निडर स्वभाव भएका उनि सकारत्मक विद्यार्थी राजनीति गर्ने भनेर पनि कुनै समय दमकमा चिनिएका थिए ।
सक्षम ब्यवसायीक नेतृत्वको र ब्यवसायीहरुको अप्ठेरोमा जहाँपनि जस्तो अवस्थामा पनि सहयोग गर्ने आफ्नो दृढता रहेको उनि बताउछन् । सुरज इन्टरप्राइजेज दमक ४ चिया दोकानमा उनको ब्यवसाय छ ।
सहकारीमा उनको दख्खल रहेको छ । उनि कलश सहकारी संस्थाको सचिब हुन् । युवाहरु पनि सहकारी र ब्यवसाय क्षेत्रमा अब्बल भएर निस्कनु पर्छ भन्ने उनको मान्यता रहेको छ । दमक उद्योग बाणिज्य संघमा आफ्नो विजयको पर्खाइमा उनिछन् ।




