
दमक / दमक उद्योग बाणिज्य संघको भदौ २० गते हुने निर्वाचनमा बिमल खतिवडा नेतृत्वको प्रगतीशिल समुहलको तर्फबाट लेखा समितिको संयोजकको उम्मेदवार हुन् खोम बगाले ।
दमकमा उनि अपरिचित अनुहार होइन । नेपालमा नै सफल सहकारीमध्येको एक मेची सहकारीको ब्यवस्थापक बगाले आफ्नो अनुभव र सीप ब्यवसायीक हितमा प्रयोग गर्न उम्मेदवारी भएको बताउदै आएकाछन् ।
राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालका केन्द्रीय सचिब तथा बैक बित्तिय तथा सहकारी कर्मचारी युनियन प्रदेस नंम्बर १ का सचिब रेहका बगाले सहकारी अभियान्ता पनि हुन् ।
प्रष्टबक्ताको रुपमा चिनिएका उनि आफु सधै ब्यवसायीको माझमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहिरहेको बताउछन् । सहकारीको माध्यमबाट तथा अन्य बिभिन्न माध्यमबाट उनि नियमित सम्पर्कमा नै छन् ।




