राप्रपाबाट दमकमा मेयरका उम्मेदवार बनेका राम थापाले आफ्नो राजनीतिक जिबनको जिबन मरणको दोषाधमा रहेको बताएकाछन् । खासै औपचारिक कार्यक्रम र मिडिमा नआएका राम थापाले बिहिबार भएको एक कार्यक्रममा भने, म जिबन र मरणको दोषाधमा छु र यो नै सम्भवत अन्तिम चुनाव हुनेछ ।
उनले आफू हारेका खण्डमा कहि कतै र कहिल्यै निर्वाचनमा भाग नलिने आशय प्रकट गर्दै आफ्नो भनाइ राखेका थिए । मतदाताको हिसाव किताव राख्दै र घरघरमा पुगेर आफूलाइ मतदिन आग्रह गरिरहेका थापाले कयौ पटक हारेको स्मरण समेत गरे । तर यो चुनाव जित्नु पर्ने उल्लेख गर्दै नजित्दा पनि आफ्ना लागि नौलो नहुने उनको भनाइ रहेको थियो ।



