सन् २०१२ मा मलाई क्यान्सर भएको थियो। उपचारपछि मैले क्यान्सरलाई जित्न सकेँ। मैले संसारको सबैभन्दा राम्रो उपचार गर्ने मौका पाएँ। अमेरिकामा गएर उत्कृष्ट डाक्टरसँग उपचार गराएँ। यसरी मैले जीवन फिर्ता लिएँ, बिग्रिएको स्वास्थ्य फिर्ता लिन सकेँ। तर, म यो अवस्थामा रहनुका पछाडि मेरो परिवर्तित जीवनशैली  हो । मैले त्यो गर्न नसकेकी भए वा नगरेकी भए मलाई फेरि रोगले सताउन सक्थ्यो। अस्वस्थ जीवनशैली कायम रहेको भए अन्य रोग देखिन सक्थे।

मैले क्यान्सरलाई पराजित  गरेपछि सिकेको कुरा के हो भने आफ्नो स्वास्थ्यको ख्याल हामी आफैंले गर्नुपर्छ। किनभने स्वास्थ्य भएन भने हामी जीवनको केही कुराबाट पनि फाइदा लिन सक्दैनौं। हामी कहिल्यै गुणस्तरीय जीवन जिउन सक्दैनौँ। यदी तपाईंसँग स्वास्थ्य छैन भने जीवन नै छैन। यो कुरा मैले क्यान्सर जितेपछि जानेँ। यो जानेपछि म जहाँ गएपनि, जहाँ बसेपनि स्वास्थ्यको महत्वका बारेमा बोलिरहेकी छु । मलाई यस बारे बोल्न मन लाग्छ। त्यही भएर पनि आज म यहाँ आएकी हुँ।

आफ्नो जीवनशैलीलाई स्वस्थ राख्नका लागि धेरै ठूला कुरा गर्न पनि पर्दैन। धेरै पर गएर बुझ्न पनि पर्दैन। साना–साना कुराले हामीलाई ठूलो रोग हुनबाट जोगाउन सक्छन्। साना कुराले नै हामी स्वस्थ रहन सक्छौं । जस्तोकी ८ घण्टा सुत्ने। पौष्टिक आहार खाने। व्यायाम गर्ने। व्यायम भन्ने वित्तिकै जिमखानामा पुगेर कडा मिहेनत गर्ने भन्ने होइन। हामी हिँड्न सक्छौं। घर वरिपरी हिँडडुल गर्न सक्छौं। भ¥याङमा नै तलमाथि गर्न सकिन्छ। हाम्रो शरिरलाई हामीले क्रियाशिल बनाइरहनु पर्छ। यो सँगै तपाईहरुले पर्याप्त मात्रामा पानी पिउनु पर्छ। यी र यस्ता साना–साना कुरामा ख्याल गर्ने हो भने धेरै ठूलो उपलब्धि हासिल हुन्छ।

नयाँ वर्षको सुरुवातसँगै धेरैले ठूला कुराको प्रतिबद्धता व्यक्त गर्छन्। तर, साना–साना कुरा जसले ठुलो परिवर्तन गर्नसक्छ त्यतातिर ध्यान दिइँदैन। त्यसकारण ठूला प्रतिबद्धता गर्ने र कार्यान्यवन नगर्ने भन्दा आफैँले सहज रुपमा गर्न सक्ने जीवनशैली परिवर्तन र खानपानका साना कुरामा प्रतिबद्धता जनाउँ र गरौं। स्वस्थ जीवन बाचौं।

स्वास्थ्य हरेक नागरिकको अधिकार हो। हामीले हाम्रो अधिकार सरकारसँग माग्न सक्छौँ। तर, जति सरकार तपाईंको स्वास्थ्यप्रति उत्तरदायी छ, त्यति नै तपाईंको स्वास्थ्यप्रति तपाईं आफू उत्तरदायी हुनुपर्छ। त्यसकारण आजैदेखि हामी स्वस्थ जीवन जिउने प्रतिबद्धता व्यक्त गरौँ र त्यसलाई कार्यान्वयनमा ल्याउँ।

(मेरो वर्ष २०७४ घोषणा कार्यक्रममा अभिनेत्री कोइरालाले दिएको मन्तब्यको सम्पादित अंश)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah