
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले बैशाख २१ गते निर्वाचन हुने भएकाले आँशका नगरि निर्वाचनमा लाग्नका लागि आग्रह गर्नु भएको छ । नेपाली काँग्रेसले झापाको कमलगाँउ पालिकामा आयोजना गरेको प्रदेशस्तरीय आमसभालाइ सम्बोधन गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवासंगै हेलिकप्टरमा आउनु भएका काँग्रेस नेता समेत रहनु भएका गृहमन्त्री निधिले निर्वाचनमा लाग्न आग्रह गर्नु भएको हो ।
निधिले अब निर्वाचन आउनका लागि धेरै समय नरहेकाले काँग्रेसका उम्मेदवारलाइ जिताउनका लागि सबै एक भएर लाग्नु पर्ने पनि बताउनु भयो । सहमति गरेर र सबैलाइ निर्वाचनमा लैजानका लागि सरकारले प्रयास गर्दा नेकपा एमालेले नमानेका कारण समस्या भएको भन्दै निधिले अहिले पनि सहमतिका साथ अघि बढ्नका लागि प्रयत्नहरु भइरहेको जानकारी दिनु भयो ।
एमाले बिरुद्ध निक्कै आक्रमक रुपमा प्रस्तुत हुनु भएका निधिले नेकपा एमालेको शब्द कोषमा सहमति र हुन्छ भन्ने बाक्याँश नै नभएकाले अहिलेको समस्या सामधान नभएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो–‘नेकपा एमालेको शब्द कोषमा सहमति र हुन्छ भन्ने शब्द भएको भए यो अवस्था आउने थिएन, जे भने पनि हुन्न र गर्न दिदैनौ मात्र भनेकाले समस्या भएको छ ।’ एकातिर मधेशबादी दलले बखेडा झिकेको र अर्कातिर एमालेले समस्या पैदा गरेकाले सबैलाइ मिलाएर निर्वाचन गराउन सक्ने अवस्था सिर्जना भइनरहेको उहाँको भनाइ रहेको थियो ।
गृहमन्त्री निधिले नेकपा एमालेले संघीयता, समावेशिता र गणतन्त्रलाइ स्वीकार गर्न नसकेको भन्दै आलोचना पनि गर्नु भयो । उहाँले अब स्थानीय तहको निर्वाचनमा यिनै मुद्धाहरुलाइ लिएर जान र काँग्रेसलाइ जिताउन उहाँको आग्रह रहेको थियो । उहाँले राष्ट्रियता, लोकतन्त्र, समावेशीता, गणतन्त्र, धर्मनिरपेक्षता, अहिँशा र शान्ति लगायतका सूत्रहरु लिएर गाँउ र नगरमा पुग्नका लागि सुझाव दिनु भयो । उहाँले भन्नुभयो–‘तपाइहरु जनताको घरमा यिनै मुद्धाहरु लिएर जानुहोस निर्वाचन हुन्छ र हामी जित्छौ ।’
पार्टी सभापति देउवासंगै आउनु भएका निधि देउवासंगै हेलिकप्टरमा नै फर्कनु भएको थियो । त्यसपछि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौड्याल लगायतका शिर्षस्थ नेताहरु आमसभामा बोल्नु भएको थियो ।
https://www.youtube.com/watch?v=nU9_wy4-muc



