सरकारले आगामी जेठ ३१ गते चारवटा प्रदेशमा दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आइतवार सिंहदरवारमा बसेको बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

मधेस केन्द्रीत दल र संघीय गठबन्धनसंग शनिवार भएको सहमति अनुसार सरकारले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको हो । प्रदेश नम्बर ३, ४ र ६ मा भने वैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुने छ ।

बैठकले सीमांकन हेरफेर गर्दा प्रदशेको परामर्शको आधारमा हेरफेर गर्ने निर्णय गरेको छ । बैठकले संविधान संशोेधन प्रस्तावलाई परिमार्जन गरेर फास्ट ट्याकमा पारित गराउने र संघीय आयोगमा समानुपातिक र समावेशी शब्दावली थप्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ र ५ मा स्थानिय तहको संख्या थप्नेबारे कमथ थापा नेतृत्वको समितिको म्याद थप्ने निर्णय गरेको छ ।

संविधान संशोधन प्रस्ताव पार गरेपछि सीमांकन आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले संशोधन परिमार्जन प्रस्तावलाई स्वीकार गर्न प्रतिपक्षीदलहरुलाई आग्रह गरेको छ ।

बैठकले आन्दोलन फिर्ता लिएर चुनावमा सहभागि हुन मोर्चासँग आग्रह गरेको छ । बैशाख ३१ को चुनाव उम्मेदवारी दर्ताको समय बढाउन आग्रह गर्ने आयोगसँग सरकारले आग्रह गरेको छ ।

मत परिणाम सार्वजनिक कहिले ?
सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने भएपछि पहिलो चरणको मतगणता कहिले हुन्छ भन्ने अन्योल सर्वसाधारणमा देखिएको छ । दुई चरणमा निर्वाचन गर्दा दोस्रो चरणको निर्वाचन पछिमात्र मत गणता गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।

पहिलो चरणको निर्वाचनको नजिताले दोस्रो चरणको निर्वाचन प्रभावित गर्ने भएकोले दुई चरणको निर्वाचनको मत एकैपटक गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । भारतमा हालै सम्पन्न विधानसभा निर्वाचनको मतगणता पनि एकैपटक गरिएको थियो ।

सरकारले आइतवार प्रदेश नम्बर ३, ४ र ६मा पहिलो चरण तथा प्रदेश नम्बर १, २, ५ र ७ नम्बर प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah