सोमबार दिनभर प्रहरी नियन्त्रणमा रहेर सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले आफूमाथि राज्य र प्रहरी संगठनका केही व्यक्ति मिलेर दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।अस्वस्थ भएपछि ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल भर्ना भएका सिलवालले साँझ अस्पतालमै पत्रकार सम्मेलन गरी गिरफ्तारीप्रति आपत्ति जनाए । जीवनभर कानुन र न्यायको लडेको भन्दै उनले झण्डै तीन दशक बिताएको प्रहरी संगठनको वरिष्ठ अधिकृत नै गैरकानुनी कार्यको शिकार हुनु दुःखद भएको उल्लेख गरे ।

सिलवालले आफूमाथि गरिने कुनै पनि छानबिनमा सघाउन तयार रहेको स्पष्ट गर्दै बोलाउँदा हुने अवस्थामा प्रहरी टोली नै खटाएर पक्रन पठाउनुको कारण बुझ्न नसकेको बताए । डिआईजी सिलवालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखलाई नै बिना पक्राउ पुर्जी गैरकानुनी रुपमा नियन्त्रणमा लिइनुले सर्वसाधारणमाथि कतिधेरै ज्यादती भइरहेको होला भन्ने प्रश्न गरे । आफ्नै वरिष्ठ प्रहरी अधिकृतमाथि बिनाकारण गैरकानुनी गिरफ्तारी गर्ने प्रहरीले आमजनतालाई न्यायको प्रत्याभूति दिलाउन नसक्ने टिप्पणी गरे । सिलवालले न्यायका लागि गठन भएको प्रहरीका सिनियर अफिसर नै अन्यायमा पर्नुपर्ने प्रहरी संगठन आफूहरुको चाहना नभएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah