
नेपाल प्रहरीमा पुनः एकपटक राजनीतिक चलखेल उच्च भएको छ । डिआइजी नवराज सिलवाल पक्राउ प्रकरणमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफुलाई थाहै नभएको प्रतिक्रिया दिए ।
सञ्चार माध्यमबाट थाहा पाएपछि मात्र निधिले प्रहरी नेतृत्वलाई त्यसबारे सोधेका थिए ।
‘गृहमन्त्रीज्यूलाई थाहै थिएन, सञ्चार माध्यममा आएपछि मात्र उहाँलाई थाहा भयो’, गृहमन्त्री निधिका एक सहयोगीले भने ।
गृहसचिव लोकदर्शन रेग्मीले सिलवाललाई पक्राउ गर्न निर्देशन दिएका थिए । रेग्मीको निर्देशनमा प्रहरी महानिरीक्षक अर्यालले सिलवाललाई पक्रेर ल्याउन टोली खटाएका थिए । रेग्मी काँग्रेस सभापति शेरबहादुर देउवाको विश्वास पात्र हुन् ।
रेग्मीले बुढानीलकण्ठ रिझाउन सिलवाललाई पक्रन लगाएको दाबी श्रोतको छ । मुख्यसचिव सोमलाल सुवेदी एडीबीमा गएपछि मुख्यसचिव हुन रेग्मीले चलखेल तीव्र पारेका छन् ।
सुवेदी एक वर्षे कार्यकाल बाँकी छँदै एसियाली विकास बैंक (एडीबी)को फिलिपिन्सको मनिलास्थित मुख्यालयमा वैकल्पिक कार्यकारी निर्देशन भएर जाने भएपछि उक्त पद खाली हुने भएको हो । देउवा सिलवालप्रति व्यक्तिगत रुपमै पूर्वाग्रही छन् ।
मुख्य सचिव हात पार्नका लागि देउवा रिझाउन रेगमीले बुढानिलकण्ठबाटै सिलवाल पक्रने योजना बनाएका थिए ।
पहिलो वरियताका डिआईजी सिलवाललाई रोकेर देउवाको दबाबमा सरकारले तेश्रो वरियताका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थिबयो । उक्त बढुवाविरुद्ध सिलवाल अदालत गए ।
अदालतले चन्दको बढुवा बदर गर्दै वरिष्ठता र ज्येष्ठताका आधारमा बढुवा गर्न निर्देशन दियो ।
अदालतले पछिल्लो चार वर्षको कार्यसम्पादन मूल्यांकनमा सिलवाल पहिलो, प्रकाश अर्याल दोश्रो, जयबहादुर चन्द तेश्रो र बमबहादुर भण्डारी चौथों नम्बरमा रहेको स्पष्ट गर्दै वरियताका आधारमा नियुक्ति गर्न दिर्नेशन दिए पनि देउवाकै दबाबमा मन्त्रिपरिषदले दोश्रो वरियताका अर्याललाई महानिरीक्षक नियुक्त गरेको समाधानले जनाएको छ ।
उक्त निर्णयविरुद्ध पनि सिलवाल अदालत गएका थिए । यसैबिच,नेपाल प्रहरीले डिआइजी नवराज सिलवालविरूद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्धा चलाउने तयारी गरिरहेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सिलवाललाई गोप्य सरकारी कागजात हात पारेको र त्यसमा किर्ते गरेर अदालतमा पेस गरेको आरोपमा छानबिन भइरहेको छ। छनविनका सिलवालले अदालतमा पेश गरेको आर्थिक बर्ष २०७२ / ०७३ को कार्यसम्पादन मुल्यांकन किर्ते गरेको आरोप कायमै छ । अदालतमा मुद्धा विचाराधीन छ ।
न्यूजअभियानबाट



