दमक/झापा दमक २ का सामाजिक ब्याक्तित्व रुद्र कार्की यस वडामा मात्र नभएर दमकमा नै नौलो नाम होइन । लामो समय राष्ट्र सेवक प्रहरीको रुपमा रहेर काम गरेका उनि अहिले दमक वडा नं. २ को जनप्रतिनिधि बन्ने दौडमा रहेकाछन् । माओबादी केन्द्रको तर्फबाट आफूलाइ वडाध्यक्षको रुपमा अघि सारेका उनि स्थानीय स्तरमा लोकप्रीय मानिन्छन् ।
वडाका समस्याहरुको बिषयमा आफू जानकार रहेको बताउदै यहाँ रहेका सडक, बिजूली बत्ति, जग्गा, खानेपानी लगायतका समस्याहरु सामधानका लागि आफू लागिपर्ने उनले प्रतिबद्धता जनाए । ४४ बर्षिय कार्की सामाजिक रुपमा धेरै संघसंस्थामा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएकाछन् । उनको अगुवामा यस वडामा दूइवटा मन्दिरको मुहार नै फेरिएको छ ।
पूर्व प्रहरी संगठन क्षेत्र नं. ७ अध्यक्ष, दमक ब्याटमिन्टन क्लव अध्यक्ष, धनेश्वर मन्दिर ब्यवस्थापन समिति अध्यक्ष, त्रिपुरेश्वर शिबमन्दिर उपाध्यक्ष, सेवा निबृत हकहित समाज केन्द्रिय सदस्य, दमक रबी चिसापानी सडक निर्माण उपभोक्ता समिति सदस्य रहेका उनले १६ बर्षभन्दा लामो समयसम्म प्रहरीमा रहेर काम गरे । शिक्षा क्षेत्र देखि लिएर धार्मिक क्षेत्र र सामाजिक क्षेत्रमा आफूले अहिलेसम्म सकेको सहयोग गरेको बताउदै त्यसकारण आफू वडाध्यक्षको बलियो उम्मेद्वार भएको उनि बताउछन् ।



