हिजो अर्घाखाँची भएको बस दुर्घटनाबाट एउटा तस्विर बाहिरियो । बेलुका ९ बजेतिर सामाजिक सञ्जलामा आएको सो तस्विर निकै नै मर्मस्पर्शी थियो । दुर्घटनामा घाइते भएकी एक बालिका होस आएपछि मम्मी मम्मी भोक लाग्यो भन्दै चिच्याउँदैछिन् । उनकी ममतामयी आमा कहाँ छिन् थाहा छैन । कसैले यी बालिकालाई चिन्नुहुन्छ भने तल दिइएको सम्पर्क नम्बरमा समपर्क गरिदिनुहोला भन्दै क्याप्सन लेखिएको तस्विर केही घन्टामा फेसबुकमा भाइरल भयो ।

अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा बुधबार भएको बस दुर्घटनामा बाँचेकी यी बालिकाको पहिचान भएको छ । उनको परिवारको समेत पहिचान भएको छ । सन्धिखर्कबाट बुटवलका लागि हिँडेको उक्त बसमा सवार यी बालिकाको नाम एन्जिला भट्टराई पौडेल हो । ४ वर्षिय एन्जिलाको आमा यतिबेला बुटवलस्थित चौरह अस्पतालको आस्पतालमा उपचार भइरहेको छ ।

बुटवलस्थित चौरह अस्पतालको आइसियुमा एन्जिलाको आमा अमृता पौडेल भट्टराईको अवस्था कस्तो छ भनेर सम्पर्क गर्दा अस्पतालले बताउन चाहेन । यद्धपी उनको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जानकारी दियो ।

सन्धीखर्च नगरपालिका वडा नम्बर १२ वाङ्ला घर भएकी उनको परिवारले प्रहरीको काखबाट एन्जिलालाई आफ्नो घर लगिसकेको छ ।ताजासमाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय