
निर्वाचन आयोगका प्रमुख आयोधिप्रसाद उपाध्यायले सरकारलाइ बजेट ल्याउन आचारसंहिताले नरोक्ने बताएपछि उत्पन्न नयाँ तरंगलाइ साम्यमात्रै निर्वाचन आयोगले आचारसंहिताको बिषयमा नयाँ ब्याख्या ल्याएको छ । उसले बजेट ल्याउन नमिल्ने भनेर निर्णय गरेको छ । नेकपा एमाले र यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जेठ ३१ मा निर्वाचन हुने अवस्थामा कुनै पनि हालतमा जेठ १५ मा बजेट आउनु नहुने बताउदै आएका थिए । बिज्ञहरुले समेत आचारसंहिताले बजेटलाइ रोक्ने जनाएका थिए ।
आयोगले बिज्ञप्ति जारी गरेर नै यस बिषयमा धारणा सार्वजनिक गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा वैशाख ३१ र जेठ ३१ गते गर्ने निर्णय गरेअनुसार त्यसको बीचमा जेठ १५ गते बजेल ल्याउन नपाउने भएको छ ।
संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सरकारले अर्को आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।
निर्वाचन आयोगको शनिबार बसेको बैठकले जेठ ३१ गतेसम्म नै निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसबीचमा सरकारका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सरकारले मिति निर्धारण गरेअनुसार वैशाख ३१ पहिलो चरण र जेठ ३१ गते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न पनि लगभग सबै तयारी पूरा भइसकेको आयोगले जनाएको छ ।



