लोग्ने , सासु र ससुरा मिलेर तीन दिनसम्म लगातार पिटिरहे । भागेर निस्कन खोजें तर निस्कन दिएनन् । घरमै थुनेर राखे । चिच्याउँछ भनेर मुखमा कपडा कोची दिए ।  सिरहाको गोलवजार स्थित भूमिजा हस्पिटलमा उपचार गराई रहेकी २३ वर्षिय प्रियंका यादवको  भनाई ।

मान्छेमा संवेदना नभए पछि केही नलाग्ने । लोग्ने , सासु र ससुरा मिलेर निर्घात कुटपिट गरिएकी प्रियंकाको जीउ भरी नील डाम छ । प्रियंकाको पाखुरा , नाडी , ओठ र पिठ्यू मा  लाठीले कुटेको डाम छ । पेटमा लात्तीले भकुरेकोले रक्तश्राव भईरहेको पीडित प्रियंकाले बताईन ।

उनको अनुहार पनि सुनिएको छ । देखाउन नमिल्ने अंगहरुमा पनि प्रहार गरेको प्रियंकाले बताईन् । निर्घात पिटाइपछि अस्पताल भर्ना भएकी प्रियंकाले हामीसँग दुखेसो गरिन् । मेरो लागि बोल्ने कोही भएन् । सबैले दिने पिडा सहनु बाहेक मेरो अगाडि विकल्प छैन् ।

स्थानीय अनेरास्ववियूका विद्यार्थी नेता सत्यन्द्र यादवले भने गत बैशाख ९ गते देखि नै यी बुहारीलाई लगातार कुटपिट गरिएको रहेछ । ११ गते हामी गाउँलेले कुटाईले गर्दा चिच्याएको सुन्यौं र उद्धार गरेर प्रियंकालाई तत्काल अस्पताल भर्ना गरायौं ।  अस्पतालले उनी खतरामुक्त भएपनि स्वास्थ्य अवस्था सामान्य हुन अझै केही  साता लाग्ने बताएको छ ।

गोलवजार नगरपालिका वडा नं. ६ घर भएकी प्रियंकाको माइती विहारको खजौलीमा छ । ४ वर्ष अगाडी हरी नारायाण यादवको छोरा ओम प्रकाश भनिने दुर्गा प्रसाद यादवसंग प्रियंका बिवाह बन्धनमा बाँधिएकी थिइन् ।

प्रियंकालाई घरमा छाडेर दुर्गा प्रसाद वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका थिए । लोग्ने विदेशमै  रहेको वेला पनि सासु अमृति यादव र ससुरा हरी नारायण यादवले पटक पटक उनी माथि कुटपिट गर्ने गरेको स्थानीयले बताए । श्रीपमान विदेशमै भएको बेला विभिन्न महिला अधिकारकर्मीहरुको रोहवरमा कुटपिट नगर्ने शर्तमा ईलाका प्रहरी कार्यालय गोलवजारमा भएको सामाजिक छलफलमा मिलापत्र भएको थियो । तर मिलापत्र मुताविक हुन सकेन । उल्टै प्रियंकामाथि श्रीमानको आगमन पछि दुर्रव्यवहार रोकिएन् । सासु ससुराले कुटपिट गर्न सक्दैनन्  भन्ने आशा आशामा नै सिमित भयो । अफसोच प्रियंकाको सोच अनुरुप हुन सकेन् । उल्टै लोग्ने समेत सासु ससुराको कुरामा लागिरहे र ज्यानै लिने कोशिस गरेको पीडीत प्रियंकाको भनाई छ ।

प्रियंका भन्छिन् खालि दाईजो पुगेन भन्छन् । घर भित्रै बस बाहिर ननिस्कन भन्छन् । घर बाहिर निस्कना साथ छाडा भई भनेर कुट्छन् । माईतीसँग फोनमा कुरा गर्न पनि दिदैनन् ।  कहिले खाना बनाउन जानेन भन्छन् । कुटपिट गर्दा कोहीसँग गुहार माग्यो भने पनि त्यही मान्छेसँग वात लगाउँछन् । सधै दाईजो नल्याएको भन्दै दुरव्यवहार गरिरहन्छन् ।

प्रियंकाको बिवाहमा ४ लाख नगद , एउटा पल्सर बाईक, घर बनाउन दश हजार ईटा र अन्य सर सामान गरेर ११ लाख भन्दा माथि दाईजो लिएको, तै पनि दाइजो थोरै ल्याएको भन्दै सधै दुर्रव्यवहार गर्छन् पीडित प्रिंयकाको भनाई ।

सधै आफ्नै परिवारबाट दाइजो निउमा सधै दुरव्यवहार सहन बाध्य छु,  प्रियंकाले प्रश्न गरिन अव काहावाट दिने ? कहिलेसम्म मैले सहने यो दुरव्यवहार ?

सधैको पीडालाई महलम र न्यायको लागि प्रियंकाले मानव अधिकार आयोग, महिला आयोग र स्थानीय मानव अधिकारकर्मीहरुलाई न्यायको लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।

प्रियंकाले कुटपिट गर्ने सासु , ससुरा र लोग्ने विरुद्ध ईलाका प्रहरी कार्यालय गोलवजारमा उजुरी दिएकी छिन् । तर प्रहरीले खासै चाँसो नदेखाएको पिडित प्रियंका गुनासो छ ।

प्रियंकाले भनिन् ससुरा हरी नारायण यादवलाई प्रहरीले नियंत्रणमा लिएको थियो तर केही घण्टा पछि नै छाडिदियो । उता प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले भने मुख्य दोषी लोग्ने दुर्गा स्रसाद यादव फरार छन् , उनको खोजी भईरहेको छ । उनलाई पक्राउ गरी कानून अनुसार कडा कारवाही गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah