प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दल नेपाली काँग्रेसलाई आँखा नै नभएको आरोप लगाएका छन् ।

आईतबार ललितपुरमा उम्मेद्वारको परिचय तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘०४८ सालमा बहुमत ल्याएको कांग्रेसले त्यसको सदुपयोग गरेर जनतालाई गोली हान्यो । किन हानेको भन्दा गोलीको आँखा हुन्न भन्यो, म भन्छु गोलीको होइन कांग्रेसकै आँखा छैन । कांग्रेस तानाशाही हो । कांग्रेसलाई बहुमत दियो भने उ तानाशाही हुन्छ ।’

राप्रपासँग एमालेल गरेको चुनावी तालमेललाई गलत रुपमा लिन नहुने बताए । उनले एमाले र राप्रपाको तालमेल गलत तत्वहरुलाई हराउनको लागि भएको दाबी गरे । एमालेले देशको नेतृत्व गर्न पाएको खण्डमा दश वर्षमा आर्थिक कायापलट गर्ने दाबी गरेका छन् । तर, अरु पार्टीले नेतृत्व पाए ५० वर्षमा पनि देश जहीँको त्यहीँ हुने उनले दाबी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले तत्कालिन अख्तियार प्रमुख लोकमन सिंह कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेस काँपेको तर अहिले भने प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन त्यही कांग्रेस सबैभन्दा अगाडि देखिएको आरोप लगाए ।

एमालेले काठमाडौं र ललितपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । सहमतिअनुसार ललितपुर र काठमाडौंमा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah