
एकाएक नेपालको हिरो बनेका बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ हिजोआज निक्कै निराशमात्र छैनन् सामाजिक सञ्जाल, अनलाइन र पत्रपत्रिकामा आएका समचारहरुले धेरै प्रताडित रहेकाछन् । भारतबाट एलइडि बल्ब किन्ने बिषयलाइ लिएर उनसंग गासिएका समचारले उनको मन रोएको पाइएको हो । । उनले मंगलवार काठमण्डौमा पत्रकार सम्मेलन गरेर भने–‘मैले एक रुपिया लाभ लिन खोजेको प्रमाणित भए मलाइ झुण्डाइयोस म स्वीकार गर्न तयार छु, तर झुट आरोप लगाउनु भएन ।’ उपभोक्ताहरुलाए सस्तोमा बल्ब उपलब्ध गराउन लागिपरेको अवस्थामा आएका गलत समचारहरुले आफ्नो मन खिन्न भएको भन्दै घिसिङले पत्रकार सम्मेलनमा आँशु नै झारे । उनले भावुक हुदै भने–‘म भ्रष्टाचार गर्दिन र गर्ने भएको भए करोडौ कमाउथे मैले जनताको एकदूइ रुपिया खानै पर्दैन ।’



