मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले स्थानीय तहको चुनावमा मतपेटिका संकलन गर्न हेलिकोप्टर उपलब्ध गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलको उपस्थितिमा गरेको अन्तरक्रियामा उनले मतदानपश्चात मतपेटिकाको सुरक्षाका लागि पनि हेलिकोप्टर आवश्यक रहेको बताए ।

उनले भने, ‘जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको ३१ मतदान केन्द्र विकट ठाउँमा छन् । सदरमुकामबाट हिँडेर ६ दिनमा पुगिने ठाउँको मतपेटिका बोकेर केन्द्रसम्म ल्याउन समस्या छ । त्यसैले आयोगले हाम्रो समस्या बुझोस् ।’

मतपेटिका संकलनका लागि हेलिकोप्टर नभए चुनाव सफल गराउन समस्या हुने उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विकट क्षेत्रमा निर्वाचन सामग्री र्पुयाउन हेलिकोप्टरको माग गरे पनि उपलब्ध हुन नसकेको बताए ।

उनले भने, ‘मतदान अधिकृतहरू सबै केन्द्रमा पुग्नुभएको छ । उहाँहरूले काम पनि थालिसक्नुभयो । निर्वाचनका लागि आवश्यक सामान बोकेर नै लगिएको छ । अब ६ दिनसम्म मतपेटिका बोकेर ल्याउँदा सुरक्षा के होला ?’ उनले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था कडा पारिएको पनि जानकारी दिए ।

जिल्लाको २१३ मतदान स्थलमध्ये ६८ लाई अतिसंवेदनशील, १३३ संवेदनशील र १२ सामान्य रहेको जिल्ला सुरक्षा समितिले आंकलन गरेको छ । सोही अनुसार एकीकृत सुरक्षा योजना तयार गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

जिल्लाको २६० वटै मतदान केन्द्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । कार्यक्रममा निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले जिल्लामा मतपेटिका संकलनका लागि हेलिकोप्टर आवश्यक रहेको आयोगलाई जानकारी गराउने बताए ।

उनले आचारसंहिता कार्यान्वयन गर्न जिल्लाका राजनीतिक दललाई संयमित भएर चुनावी गतिविधि गर्न उनले आग्रह पनि गरेका छन् । उनले भने, ‘दलहरूले मतदातालाई डर र त्रासरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउनुहोस् ।’

जिल्लामा १ लाख ६९ हजार ४६ मतदाता छन् । दुई नगरपालिका, ९ गाउँपालिका र ९४ वडा रहेको गोरखामा यो चुनावमा ४९२ जनप्रतिनिधि निर्वा्चित हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah