
मकवानपुर। राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा ५ स्थित बालज्योती मतदान केन्द्रमा मतदान गरेका छन्। बिहान ७:३० बजे उहाँले मतदान गरेका हुन्।
उक्त मतदान केन्द्रबाटै नेकपा एमालेका हेटौडा उपमहानगरपालिकाका मेयर उम्मेदवार हरिबहादुर महतले पनि मतदान गरेका छन् ।
दुई लाख २७ हजार सातसय ५९ मतदाता रहेको मकवानपुरमा दुईसय ९५ मतदान केन्द्र रहेको छ



