भोजपुर, । अनाधिकृत रुपमा बेचविखन गरिएपछि रासायनिक मल सिल गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई अनाधिकृत रुपमा मल विक्रि गरेको भन्दै जिल्ला प्रशासनले मल सिल गरेको हो ।गत बुधबार अरुण गाउँपालिका ६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा अनाधिकृत रुपमा रासायनिक युरिया मल बिक्री भईरहेको कुरा खुलेको हो । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने यूरिया मल २ हजारमा बेचविखन भएको थाहा पाएपछि जिल्ला प्रशासनले मल पसल सिल गरेको हो ।

भुजेलको स्टोरबाट ४७ बोरा मल सिल गरिएपनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताईएको छ । अनाधिकृत खरिद गरेर महंगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल समेत जफत गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले न्यूज २४ लाई बताउनुभयो ।प्रहरी टोलीले अनाधिकृत रुपमा ल्याईएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मल मात्र सिल गर्न सकिएको प्रहरी चौकी जरायोटारका इन्चार्ज भलबहादुर राईले बताउनुभयो ।

वास्तविक मूल्यभन्दा १४ सय बढीले बेचिएको उक्त मल कहाँबाट ल्याईएको विषयमा अनुसन्धान भईरहेको पनि उहाँले बताउनुभयो । हुलाकका कर्मचारी समेत रहेका भुजेलले ईन्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको पाएपछि आफुले प्रतिबोरा १८ सयले खरिद गरेर राखेको बताएका छन् ।उनले अगाडि भने ‘विग्रिएर थन्किएको ट्रकका चालकलाई खाद्यान्न सामग्री होकी भनेर सोध्दा मल बोकेको भनेपछि मलाई बेचे, अनि स्टोर गरेँ’ स्थानीयबासीले मल नपाएको गुनासो बढेकाले प्रतिबोरा १८ सय तिरेर २ हजारले बेचेको भुजेलले स्वीकारे । ट्रक चालकले मल बेच्ने वितिक्कै फर्केपछि कहाँबाट ल्याईएको थाहा नभएको उनले बताए ।

सिल गरिएको मलमा जनप्रतिनिधिको चासो
प्रहरीले मल सिल गरेको थाहा पाएपछि स्थानीय जनप्रतिनिधिको पनि चासो बढेको छ । सिल गरिएको मलका विषयमा गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्की, उपाध्यक्ष विनिता ढकाल, चरम्बीका वडाध्यक्ष ज्ञानेन्द्र दाहाल, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटासहितको अनौपचारिक छलफल चलेको बताईएको छ ।सिल गरिएको मल किसानलाई आवश्यक परेको खण्डमा प्रतिबोरा एक हजारमा विक्री गर्न दिने निर्णय भएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । तर प्रशासनले सिल गरेको मलबारे थप अनुसन्धान हुन बाँकी रहेकाले कुनै निर्णय नलिन भनेपछि यथावत राखिएको पनि ढकालको भनाइ छ ।

गैरकानुनी रुपमा मल बेचिएको ठहरेमा आफुहरुको कुनै हस्तक्षेप नहुने ढकालले बताउनुभयो । यता वडाध्यक्ष दाहालले खेतीको सिजनमा कृषकलाई मल अभाव भईरहेकाबेला उक्त सिल गरिएको मल नै सहजीकरणको विकल्प खोजिएको बताएका छन् ।

(नेकपा) अरुणको आरोपः ‘कालोबजारीमा जनप्रतिनिधिकै संलग्नता छ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपार्टीले मलको कालोबजारीमा जनप्रतिनिधिकै हात रहेको आरोप लगाएको छ । गाउँपार्टीले संकटकाबेला किसानलाई ठगी गर्ने गिरोहलाई बचाउन जनप्रतिनिधिकै सक्रियता रहेको आरोप लगाएको छ ।गाउँपार्टी सचिव नारायण घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रशासनको आदेशमा सिल गरिएको अवैध रासायनिक मल गाउँपालिकाको नेतृत्वमा बजार मूल्यभन्दा महंगो मूल्यमा किसानलाई वितरण गर्न लागिएको आरोप लगाएका छन् ।

आधिकारिक सप्लार्यसलाई छैन, कसरी भयो कालोबजारी ?
अरुण गाउँपालिकाले गाउँपालिकाका लागि कृषि रासायनिक मल खरिद गर्न एचपी सप्लार्यसलाई ठेक्का दिएको छ । सप्लायर्सले पारेको ठेक्का अनुसार ५० केजीको दरले १ हजार ३ सय ९५ बोरा डिएपी र २ हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गरीने प्रावधान बनाएको छ ।जसमध्ये कोटा अनुसार नै डिएपी मल गाउँपालिकाका लागि ल्याईसक्ने सप्लायर्सका प्रोपाइटर निर्मला शेर्पाले बताउनुभयो । उहाँका अनुसार युरिया मल भने ५ सय २० बोरा मात्रै आफुहरुलाई साल्ट टे«डिङले उपलब्ध गराएको र त्यो मल किसानकहाँ पु¥याई सकिएको छ ।

बाँकी रासायनिक मलका लागि साल्ट ट्रेडिङको डिपोले उपलब्ध नगराएको जनाईएको छ । साल्ट ट्रेडिङका प्रतिनिधिले पनि युरिया मल भण्डारण गरिएको गोदाम नजिकै क्वारेन्टाइन वार्ड बनाईएकोले ढुवानी गर्न असजिलो भएको भन्दै तत्काल मल उपलब्ध नगराएको शेर्पाको भनाइ छ ।लकडाउनको बेला पनि कालोबजारी हुँदा खरिद र ढुवानी गर्ने आधिकारिक सप्लायर्सलाई समेत अप्ठ्यारोमा पारेको शेर्पाको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah