
स्थानीय निकायको निर्वाचनमा एक छत्र राज गरिरहेको एमालेले अर्को महत्वपूर्ण स्थानबाट विजयी भएको छ। मुस्ताङको सदरमुकाम जोमसोमसमेत समेटिएको घरपझोङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबै एमालेले जितेको छ। विजयी हुनेमा अध्यक्ष आशबहादुर गुरूङ र उपाध्यक्षमा सर्मिला गुरूङ छन्।



