इलाम : इलामका चिया कारखानाले उत्पादन गरेको चिया बिक्री नहुँदा उद्यमी समस्यामा परेका छन्। किसान र स्थानीय सरकारको दबाबमा कारखाना खोलेका चिया उद्योगले बिक्री गर्न नसक्दा हरियो पत्तीको मूल्य निर्धारण गर्नसमेत सकस परेको छ।

इलाममा २० लाख किलो चिया बिक्री हुन बाँकी रहेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले जानकारी दिए। इलाममा अहिले मौदात रहेको चियाको न्यूनतम् मूल्य ८० करोड हुने राईले बताए।

चिया बिक्री नहुँदा किसानको चियाको मूल्य दिन सक्ने अवस्था नरहेको कन्यामेली चिया उत्पादन सहकारीको अध्यक्ष खेमराज प्रधानले बताए। झापाको मेची भन्सारबाट सामान पठाउन नसकेपछि विराटनगरको रानी भन्सारबाट पठाउने प्रयास गरिरहेको उद्यमीले जनाएका छन्। नयाँ नाकाबाट चिया निकासीको प्रयास गर्दा लागतसमेत आकासिएको प्रधानले बताए। उनले भने,‘भारतमा चियाको माग छ तर पठाउन सजिलो छैन।’ भारतले सीएफएल परिक्षण बिना चिया प्रवेश गर्न दिँदैन। सीएफएल बनाउन एजेन्टलाई मात्रै ८० हजार रुपयाँ गैरकानुनी रकम बझाउनुपर्छ भने प्रतिनमुना २४ हजार खर्च लाग्ने गरेको उद्यमी बताउँछन्।

चिया लामो समय बन्द हुँदा पनि बन्द उद्योगलाई प्रोत्साहन गर्न सरकारले सहयोग नगरको उद्यमीको गुनासो छ। चियाको राजधानी भनिने इलामको सूर्योदय नगरपालिकाका ६० कारखानले उत्पादन गरेको १० लाख किलो चिया बिक्री हुन नसकेको सूर्योदय टि एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए। उनले भने, ‘कारखाना चिया बिक्रीको प्रयासमा लागेका दुई महिनाभन्दा बढी भए पनि अहिलेसम्म बिक्री गर्न सकिएको छैन।’

कारखानानै धरासायी हुने अवस्थामा पुग्दासमेत न्यूनतम् समर्थन मूल्यका नाममा कारखानालाई दुःख दिएको आरोप लागेको सूर्योदय नगरपालिकाले समेत कुनै दिर्घकालीन योजना अघि नसारेको उद्यमीको आरोप छ।

सूर्योदय नगरपालिकाको कार्यपालिका बैठकले चिया वगान र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुने गरी कामदार सुरक्षित भएर बगान–उद्योगको काममा निरन्तरता दिन आग्रह गरेपछि सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनले कारखाना खोलेको थियो। फष्ट फ्लसकै दोस्रो चरणको चिया उत्पादन सुरु भएपछि चियाको मूल्यका विषयलाई लिएर कारखाना र सूर्योदय नगरपालिका बीच विवाद बढेपछि उद्योगका समस्या समाधान गर्न सरकार र उद्यमी मिलेर समस्या समाधानका लागि पहल गरिरहेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए।

नेपालको ९० प्रतिशत चिया भारतमा बिक्री हुने गरेको छ। गत वर्ष मात्रै नेपालले भारतलाई १ करोड ४५ लाख ४५ हजार २०५ किलो प्रशोधित चिया बिक्रीभएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ। यसबाट नेपालले २ अब ८८ करोड ११ लाख ८० हजार रुपयाँ भित्र्याएको थियो।

नेपालको चिया अस्ट्रेलिया, डेनमार्क, फ्रान्स, जर्मनी, जापान, यूएई, अमेरिका लगायत ३० देशमा बिक्री हुने गरेको बोर्डको तथ्यांकमा उल्लेख छ। गत वर्ष नेपालले ती देशमा ४ लाख ९८ हजार ५९६ किलो बिक्रीभएको थियो। यस वर्ष तेस्रो मुलुका चिया पठाउने अवस्था नरहेको उद्यमी बताउँछन्। नेपाल भरीका २९ हजारभन्दा बढी चियामा आश्रित छन्। चिया बिक्री नहुँदा १४ जिल्लाका ९ हजार १ सय २७ कृषक र १०८ वटा टि स्टेट प्रभावित भएको राष्ट्रिय कृषक समूह महासंघ इलामका अध्यक्ष विष्णु दुलालले बताए।

श्रोत: अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah