दमक/ बिश्व ब्यापि कोभीड़ १९ कोरोना सक्रमणको त्रास र सरकारले लकडाउन घोषणा गरेपछि होटल ब्यवसाय निक्कै कठिन अवस्थामा रहेको छ । होटल व्यबसायी संघ दमकले आज यसको समिक्षा गरेको छ ।
संघले कोभीड़ १९ कोरोना सक्रमण सँगै सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्ने क्रममा होटल व्यबसायलाई पर्न गएको असरलाई सहज बनाउन दमक नगरपालिकासँग घर भाडा र बैंक तथा सहकारी ब्याज ५० प्रतिशत छुटको माग गर्ने निर्णय भएको संघका अध्यक्ष राजन दंगालले बताए ।
होटल व्यबसायलाई सरकारको मापदण्ड पूरा गरेर संचालन गर्ने विषयमा पनि नगरपालिकासंग छलफल गर्ने निर्णय भएको दंगालले जनाए ।



