काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा १२ सय बढी मतले अग्रता लिएका छन्। बिहीबार बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार शाक्यले ३६ सय मत पाएका छन् भने जोशीले २३८२ मत ल्याएका छन्। विवेकशील नेपाली दलकी रञ्जु दर्शनाको मत १४२६ रहेको छ। त्यस्तै साझा पार्टीका किशोर थापाले ७५६ मत पाएका छन्। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४४१ मत पाएका छन्। साझा पार्टीका उम्मेदवार मात्र नभएर माओबादी उम्मेदवारलाइ समेत टपेर तेश्रो स्थानमा आएपछि अहिले काठमण्डौ नगरमा तहल्का नै मच्चिएको छ । उनले यत्रो मत पाउछिन भन्ने कुनै पनि राजनीतिक दलका ठालू नेताहरु पत्याएका थिएनन् । उनको मत देखेर अहिले धेरैले चित खाईरहेकाछन् ।मतगणना जारी छ।



