नवलपरासीकाे गैंडाकाेट नगरपालिकामा कांग्रेसकाे गढ भत्काउदै एमालेका उम्मेदवार छत्र पाैडेल विजयी हुनुभएकाे छ ।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको चुनावी क्षेत्रभित्र पर्ने गैडाकोट नगरपालिकामा पाैडेलले काँग्रेस उम्मेदवारलाई भारी मतले पराजित गर्नुभएकाे हाे ।
चितवन जिल्लासँगै जोडिएको यो नगरपालिकामा लोकप्रिय नेताका रूपमा रहेका पौडेल ईमान्दार र साझा व्यक्तित्वका रुपमापनि चिनिनुुहुन्छ ।
पञ्चायती व्यवस्थाको विरुद्धमा भएका आन्दोलनमा भुमिगत हुँदै २०४६ सालको जनआन्दोलन र २०६२–६३ मा नवलपरासी र चितवनमा आयोजना गरिएको आन्दोलनका कार्यक्रममा अग्रपङ्क्तिमा सहभगिता जनाउदै अाउनुभएकाे छ ।
गैँडाकोट नगरपालिका साविकका गैँडाकोट नगरपालिका र रतनपुर गा.वि.स. मिलाएर बनाइएको हो। यसको जनसङ्ख्या ५८८३६ र क्षेत्रफल १५९.९३ वर्ग किलोमिटर छ। यसको केन्द्र साविक गैँडाकोट नगरपालिका कार्यालयमा छ। यसको वडा सङ्ख्या १८ छ । यसको सिमाना पूर्वमा चितवन र तनहुँ जिल्ला, पश्चिममा देवचुली नगरपालिका, उत्तरमा बुलिङटार गाउँपालिका र तनहुँ जिल्ला, दक्षिणमा चितवन जिल्ला र चितवन राष्ट्रिय निकुन्जसम्म छ ।



