अहिले सबैको ध्यान भरतपुर महानगरमा छ । चुनाव ३ वटा प्रदेशको २ सय ८३ तहमा हुदैछ तर ध्यान सबैको भरतपुरमा छ । यसको कारण हो काँग्रेस गठबन्धनमा भरतपुर महानगरमा प्रधानमन्त्रीपुत्री रेणु दाहाल मेयरको उम्मेदवारी छिन् । सबैशक्ति प्रयोग गरेर र काँग्रेससंगको गठबन्धन गरेर उठाइएकी रेणुभन्दा एमालेका उम्मेदवार देबीप्रसाद ज्ञवाली प्रारम्भिक चरणमा धेरै अगाडि देखिए । तर अचानक गयराती ठूलो पास पल्टियो । चमत्कारिक परिणाम आयो । ३ हजारमतान्तरले अघि देखिएका देबीप्रसादलाइ रेणुले उछिनिन् । यसले सबैलाइ चकित मात्र बनाएर झनै ध्यान केन्द्रित गर्यो ।
सामाजिक सञ्जालमा एकाएक भाइरल भयो की संबिधानसभा दोश्रो निर्वाचनमा हारेका प्रचण्डलाइ जिताए जसरी नै रेणुलाइ जिताइदैछ । यसमा एमालेसंग साँठगाँठ छ भने टिप्पणिहरु आइरहेकाछन् । अझ अब सरकार परिवर्तन हुदा प्रचण्डले एमालेलाइ सहयोग गर्न र यस बापत रेणु जिताउनु पर्ने भनेर पनि आलोचना भएकाछन् । एमालेले तथा यसका नेताहरुले यसको कडा प्रतिबाद गरेकाछन् ।
एमाले नेता सुरेन्द्र पाण्डेले भरतपुर एमालेको प्रतिष्ठासंग गासिएको बिषय भएको भन्दै एमालेले यहाँ जित्ने बताए । उनले एमालेसंग अत्तालिएकाहरुले दोश्रो चरणको निर्वाचनमा पत्तासाफ हुनेभएपछि सामाजिक सञ्जालको दूरुपयोग गरेर भ्रम फैल्याउन खाजेको उनको आरोप रहेको छ । उनले भने—‘भरतपुर महानगरलाइ जोडेर एमाले बिरुद्ध भ्रम छर्ने काम भएको छ यो नियोजित हो ।’
नेकपा एमालेका नेता बामदेब गौतका एक सहयोगिले गौतमलाइ प्रधानमन्त्री बनाउनका लागि भरतपुर साटेको भनेर भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएकाछन् । उनले गौतम प्रचण्डको निगाहमा प्रधानमन्त्री बन्न नसक्ने र यस्तो हल्ला भिजाएर एमाले कार्यकर्ताहरुलाइ भ्रम छर्न खोज्नु नैतिकहिन काम भएको बताए ।



