प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३१ जेठमा घोषित दोश्रो चरणको निर्वाचनको सुनिश्चितता नभएसम्म सरकार नछाड्ने बताएका छन् । मुलुकलाई ट्रयाकमा ल्याउन र राजनीतिक परिवर्तनविरुद्ध जारी षड्यन्त्र असफल पार्न निर्वाचनको विकल्प नरहेको भन्दै उनले निर्वाचन हुनेमा आशंक उनले वर्तमान सत्ता गठबन्धन निर्माणका बेला भएको समझदारी पालना गर्न तयार रहेको बताए । निर्वाचन पनि हुने र आफूले सत्ता पनि छाड्ने उनको भनाइ थियो । उनले वर्तमान सत्ता गठबन्धन निर्माणका बेला भएको सत्ता हस्तान्तरणसम्बन्धी अक्षरसः समझदारी पालना गर्न तयार रहेको बताए । ‘म स्पष्ट गर्न चाहन्छु दोश्रो चरणको निर्वाचन सुनिश्नित नभएसम्म सरकार वरिवर्तन हुँदैन’, नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा पत्रकार बबीन शर्मासँग उनले शनिबा राति भने, ‘निर्वाचन कसैले रोक्न सक्दैन, सरकार पनि परिवर्तन हुन्छ ।’
उनले राजीनामा दिने दिनबारे काँग्रेस नेतृत्वसँग समझदारी भइरहेको बताए पनि दिन भने उल्लखे गरेनन् । ‘यो गठबन्धन बनाउँदा जुन राजनीतिक समझदारी बनेको छ । यो गठबन्धनलाई कायमै राख्ने उद्देश्यसहित सहज रुपमा सरकाको नेतृत्व हस्तान्तरण गर्नेछु ।’ उनले आफू पूर्वसमझदारी विपरीत एक दिन पनि सरकारमा बस्ने चाहना नभएको प्रष्ट्याए ।
नेपालमा यसअघि कहिल्यै पनि सत्ता गठबन्धनप्रति कोही इमान्दार हुन नसकेको स्मरण गर्दै प्रधानमन्त्रीले आफूले त्यो गलत परम्परा तोड्न चाहेको बताए । ‘नेपालमा सत्ता गठबन्धन बनाउँदा समझदारी बनाउने र तोड्ने परम्पार छ’, उनले भने, ‘त्यो परम्परा म इमान्दारीपूर्वक यसपटक तोडन छाहन्छु ।’ प्रचण्डले दोश्रो संविधानसभा निर्वाचन घोषित ३१ जेठको मितिमै हुने भन्दै सरकार परिवर्तनले निर्वाचनलाई कुनै प्रभाव नपार्ने दाबी गरे ।



