माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसै पनि भावुक नेताको रुपमा चिनिन्छन् । उनमा यस्तो एउटा कला छ उनि जति सुकै आक्रोसित पनि हुनसक्छन् र त्यति नै चाडो भावुक पनि । पहिलो चरणको निर्वाचन सम्पन्न गराएपछि आइतवार राष्ट्रपति बिद्यादेबी भण्डारीलाइ भेट्न गएका प्रचण्ड भावुक हुदै शितल निवासबाट फर्केकाछन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाइ ऐतिहासिक र जनताको मनमा बस्ने काम गरेको बताएपछि उनि भावुक भएकाहुन् । राष्ट्रपति भण्डारीले आफू हार्ने जान्दाजान्दै र निर्वाचन गराउने नियत सरकारको छैन भन्दाभन्दै निर्वाचन गराएको बताउदै प्रशंशा गरेपछि प्रचण्डले आँखाबाट आशु झारेका थिए ।
शीतलनिवास श्रोतका अनुसार राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन शुकलतापूर्वक नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद तथा बधाई दिएकी थिइन् । प्रधानमन्त्रीको अथक मिहेनतले पहिलो चरणको निर्वाचन सम्पन्न भएको र पहिलो निर्वाचनले दोश्रो चरणको स्थानीय तह निर्वाचन तथा संघीय र प्रदेशको निर्वाचनको ग्यारेण्टी गरेको उनको भनाइ थियो ।
‘तपाईंले ऐतिहासिक कामको नेतृत्व गर्नुभएको छ’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको मूल्यांकन इतिहासले गर्नेछ ।’ उनले पार्टी पराजित हुने जान्दाजान्दै निर्वाचन गराउने आँट गरेर प्रधानमन्त्रीले परिपक्व राजनीति नेताको परिचय दिएको बताइन् । राष्ट्रपतिले प्रशंसा गरेपछि प्रचण्ड केहीबेर भावुक बनेका थिए । उनका आँखा रसाएका थिए ।



