चार महानगरपालिकाको पछिल्लो अवस्था यस्तो छः
काठमाण्डु महानगरपालिका
काठमाण्डु महानगरपालिकाको ९४ हजार ५ सय ८ मत गनिसक्दा एमालेका विद्यासुन्दर शाक्यले ३० हजार ८ सय १८ मत पाएका छन् । कांग्रेसका राजुराज जोशीले २१ हजार ९ सय ३९, विवेकशिल नेपालकी रन्जु न्यौपानेले १२ हजार २ सय ९७ र साझा पार्टीका किशोर थापाले ९ हजार १ सय २७ मत पापाएका छन् । माओवादी केन्द्रका सर्वोतम डंगोलले ३ हजार ३ सय ९३ मत पाएका छन् ।
ललितपुर महानगरपालिका
ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनले १९ हजार ५ सय ८३ मत सहित अग्रता लिइरहेका छन् । एमालेका हरिकृष्ण ब्यञ्जनकार १७ हजार ६ सय ४८ र साझा पार्टीका रमेश महर्जनले ११ हजार ९ सय ९ मत पाएका छन् भने माअोवादी केन्द्रका दिनेश महर्जनले ५ हजार १ सय १२ मत पाएका छन् । उपमेयरमा काँग्रेसकी गीता सत्यालले १४ हजार ८ सय ७६, साझा पार्टीका शोभा शाक्यले १२ हजार ७ सय २६, माओवादी केन्द्रका हसिना शाक्यको ८ हजार २ सय ८८, राप्रपाका बाबुकाजी प्रधानले ६ हजार ८ सय ६१ मत पाएका छन् । वडा नम्बर २० मा काँग्रेसका चन्द्रलाल महर्जन विजयी भएका छन् । अहिले वडा नम्बर २१ र २२ को गणना भइरहेको छ ।
चितवनको भरतपुर महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली २२ हजार ३ सय ४८ तथा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहालले १९ हजार ८ सय ६८ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी पार्वती साहको २२ हजार ७ सय ५३ र एमालेकी दिव्या शर्माको १९ हजार ८ सय ६९ मत रहेको छ ।
पोखरा लेखनाथ महानगरपालिका
पोखरा लेखनाथ महानगरपालिका शनिबार बेलुका देखि रोकिएको मतगणना सोमबार दिउसे साढे २ बजेबास सुरु भएको छ ।
मतगणना रोकिनुअघिसम्म एमालेका मानबहादुर जिसीले अग्रता लिएका छन् । उनले २० हजार ५ सय १ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका रामजी कुँवरले १८ हजार ६ सय ७० मतका साथ पछ्याईरहेका छन् ।
त्यस्तै उपमेयरमा पनि एमालेकी मञ्जुदेवी गुरुङले १९ हजार ३ सय ६ मत ल्याएर अग्रता कायम गरेकी छिन् । उनलाई नेपाली कांग्रेसकी सरस्वती गुरुङले १७ हजार ७ सय १२ मतका साथ पछ्याई रहेकी छिन् ।



