जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ३१ हजार ५ सय ५५ मतसहित अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले २२ हजार ४ सय २१ मत ल्याउँदा विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना)ले १२ हजार १ सय ३३ मत प्राप्त गरेकी छन् ।
यस्तै साझा पार्टीका उम्मेदवार ९ हजार २ सय ३२ मतसहित चौथो स्थानमा रहँदा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोल ३ हजार ४ सय ५४ मतसहित पाँचौ स्थानमा संघर्षरत छन् ।



