स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १९ मा नेपाली कांग्रेस को पूरै समूह विजय भएको छ। अध्यक्षका उम्मेदवार कांग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८ सय ९९ र उनका प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्द शाहीले ८२१ मत पाएका हुन्।
त्यसैगरी महिला सदस्यमा रेणुकमल शाही एक हजार २३१ मत पाएकी छन्। दलित महिला सदस्यमा भने कांग्रेसका तर्फबाटै रञ्जिता परियार निरविरोध निर्वाचित भइसकेकी मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए।
खुला सदस्यमा कांग्रेसकै तर्फबाट चन्द्रमान डङ्गोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी भएका छन्।
हालसम्ममा कामपा–१, २,३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सम्पन्न भइसकेको छ। हाल ४, ६, ७, ८, ९, १३, १५, १७, १८, २०, २१, ३१ र ३२ वडाको मतगणना जारी छ। रासस



