जेष्ठ १०, २०७४- हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेका हरिबहादुर महत निर्वाचित भएका छन् ।
माओवादी केन्द्रसमेतको गठबन्धनबाट उम्मेदवार भएका आनन्द पराजुलीलाई ६१५ मतले हराउँदै महत मेयर निर्वाचित भएका हुन् । महतले २३ हजार १ सय २४ र पराजुलीले २२ हजार ५ सय ९ मत पाए ।
उपमेयरमा पनि एमालेकै मिना लामा निर्वाचित भइन् । उनले २३ हजार ४ सय ३७ मत पाइन् भने माओवादी केन्द्रका बलराम बलले १७०११ मत पाए ।
मेयरमा निर्वाचित महत २०४९ र ०५४ मा उपमेयर निर्वाचित भएका थिए ।
हेटौंडा उपमहानगरमा एमालेले १२ वटा वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जित्यो ।



